काठमाडौं– पुर्व प्रहरी महानिरीक्षक (डिआइजी) नवराज सिलवाल औपचारिक रुपमा एमाले पार्टी प्रवेश गर्ने भएका छन् । सिलवाल एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गर्न लागेका हुन् ।

भोली असोज २० गते एमाले जिल्ला कमिटी काठमाडौद्धारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सिलवाललाई पार्टी प्रवेश गराउने तयारी भएको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिलवाल यसअघिदेखि नै एमालेका कार्यक्रममा सहभागि हुदै आएका थिए ।

सिलवाल नेपाल प्रहरीमा रहँदा विभिन्न काण्डमा विवादित भएका थिए ।

उनले आफू आइजीपी हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको रिट खारेज गरेपछि डिआइजी पदबाट राजिनामा गरेका थिए । यसअघि बुधबार पनि सिलवाल एमालेको एक कार्यक्रममा  देखिएका थिए ।  राताेपाटी