काठमाडौं, २० असोज– सत्तारूढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरुबीच ध्रुवीकरण भइरहेका बेला कांग्रेस गठबन्धनमा सहभागि हुने भनिएको फोरमले गठबन्धनमा सहभागि नहुने जनाएको हो । चक्रपथमा खबर रहेको छ

स्थानीय तहको गत चुनावमा प्रदेश नम्बर २ बाट दोस्रो दल बनेको फोरमले तालमेलको नाफाघाटा हेरेरै कांग्रेस गठबन्धनमा सामेल नहुने निर्णयमा पुगेको वताइन्छ । सत्तारुढ कांग्रेसले सबैभन्दा बढी सिट जित्ने आशा गरेको प्रदेश नम्बर २ मा कांग्रेसको मुख्य प्रतिस्पर्धी देखिएको फोरमले कांग्रेससँग गठबन्धन गर्दा फाइदा नहुने निश्कर्ष निकालेको उक्त पार्टीको स्रोतले वताएको छ । ‘कांग्रेस गठबन्धनमा रहेका दलहरुले जित्ने आशा गरेको नै प्रदेश नम्बर २ बाट हो, कांग्रेसको पनि अन्य प्रदेशमा हालत राम्रो नभएपछि त्यहीँकाट जित्ने आशा गरेको छ’ फोरमका एक नेताले भने, ‘प्रदेश नम्बर २ कै सिट बाँड्नका लागि मात्र कांग्रेस गठबन्धनमा बस्नुको औचित्य छैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको भनाई अनुसार भर्खरै सम्पन्न स्थानीय चुनावमा कांग्रेसले जितेको प्रदेश २ मात्रै हो, केही स्थानीय तहले प्रदेश ४ मा कांग्रेस अगाडि देखिएको छ । अव कांग्रेससँग गठबन्धन गर्नुको अर्थ प्रदेश २ का जित्ने सिट पनि कांग्रेससँग भाग लगाउनु पर्ने देखियो । त्यसमाथि कांग्रेस गठबन्धनमा सामेल दलहरुको राष्ट्रिय नेटवर्क छैन । ती सबै दलहरुले सिट बाँडफाँड गर्ने प्रदेश २ मा नै हो । त्यसैले फोरमले कांग्रेस गठबन्धनमा सामेल हुँदा फाइदा नहुने देखेको हो । ‘प्रदेश २ को एउटै भोटब्यांक बाँड्न किन गठबन्धनमा सामेल हुनु पर्यो ?’ उनको प्रश्न थियो, ‘प्रदेश २ का ३२ सिटमा तीन पक्षबीच भागबण्डा गर्दा हामीलाई फाइदा होइन नोक्सान हुन्छ । त्यसैले हामी क्षेत्र हेरेर जोसुकैसँग तालमेल गर्न सक्छौं ।’

स्थानीय तहको नतिजाका आधारमा कांग्रेसले पहाडी जिल्लाहरुबाट आफ्नो पक्षमा सकारात्मक नतिजा आउन सक्ने देखेको छैन । मधेस केन्द्रित क्षेत्रीय दलहरुसँग मोर्चा बनाउँदा पनि प्रदेश २ मा कांग्रेस बलियो ठानिएका जिल्लाका सिट मात्रै बाँड्नु पर्ने देखिएको छ । त्यसवापत प्रदेश २ बाहेकका अन्य जिल्लामा क्षेत्रीय दलहरुको प्रभाव छैन । प्रदेश २ मा भने कांग्रेस, विजय गच्छदार नेतृत्वको फोरम, संघीय समाजवादी फोरम र राजपालाई सिट बाँड्नु पर्ने वाध्यता छ । यही सिमित सिट भागबण्डा गर्दा आफूलाई फाइदा नहुने विश्लेषणपछि संघीय समाजवादी फोरमले कांग्रेस नेतृत्वको मोर्चामा नबस्ने जनाएको हो । फोरमले एमाले नेतृत्वको देशभक्त तथा बामपन्थी गठबन्धनमा पनि सामेल नहुने तर, प्रदेश २ का निर्वाचन क्षेत्रहरुमा तालमेल गर्न सकिने वताएको छ ।