नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले आफू थप राजनीतिको सिकार हुनु नपरोस् भनेर पार्टी प्रवेश गरेको बताएका छन् । झण्डै ३० वर्ष प्रहरी सेवामा बिताएर राजीनामा दिएका सिलवालले राजनीति हस्तक्षेपमुक्त हुन एमाले प्रवेश गरेको बताए । ‘परिस्थितिले मलाई यस्तो मोडमा ल्यायो कि मैले राजनीति गरिनँ भने राजनीति म भित्र प्रवेश गर्ने भयो ।

राजनीतिले मलाई नै हस्तक्षेप गर्ने अवस्था आयो । बरु म नै मुलुक सेवाको अर्को नयाँ मञ्चबाट गर्न राजनीतिमा पसेँ,’ उनले भने, ‘परिस्थिति त्यस्तो नभएको भए म अर्को मोर्चामा हुन्थेँ, परिस्थितिले मलाई एउटा मञ्चबाट अर्को मञ्चमा पुर्‍यायो ।’

वरीयतामा तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि अदालत गएका सिलवालको पक्षमा लामो बहसपछि फैसला नआएपछि त्यही दिन राजीनामा दिएका थिए । सरकारले त्यसअघि नै अर्का डिआइजी प्रकाश अर्याललाई महानिरीक्षक बनाएर फुली लगाइदिइसकेको थियो । राजीनामा दिएर बसेका उनी शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

प्रहरी संगठनमा रहेर आफू मुलुकको सेवामा रहेको उल्लेख गर्दै सिलवालले परिस्थिति अर्कै मोडमा पुगेपछि राजीनामा गर्न बाध्य भएको बताए । तर, एमाले नै उनले किन रोजे त ? ‘जुन घटनाक्रममा शक्तिकेन्द्रबाट ममाथि जबजस्ती हस्तक्षेप भयो, हरेक हिसाबले योग्य थिएँ, नम्बर वान थिएँ, आईजीपीका लागि डिजर्भ थिएँ, जुनखालको परिस्थितिले मलाई एक्लो बनाएको थियो, एमालेका अध्यक्षले अन्याय भयो भन्नुभयो,’ सिलवाल भन्छन्, ‘तपाईं अन्धकारमा एक्लो हुनुहुन्छ, स्रोत साधन बत्ती पनि नभएको भीरबाट खस्न लागेको अवस्थामा हुनुहुन्छ । त्यस्तो अवस्थामा एमालेले साथ दिएको छ, यो नै टर्निङ पोइन्टको रुपमा लिएको छु ।’

सिलवालले प्रहरीको बर्दी लगाएको दिनदेखि राजीनामा दिएको दिनसम्म कुनै पनि राजनीतिक आस्था र व्यक्ति प्रभावित भएर आफूले काम नगरेको स्पष्ट पारे । ‘कर्तव्य पालनाका सिलसिलामा कुनै पार्टी, वैचारिक संघ संस्था, नेताहरुप्रति अलायन भएर कहिल्यै काम गरिनँ, शुद्ध व्यावसायिक ढंगले काम गरेँ,’ उनको भनाइ छ ।

समाजवादलाई वैज्ञानिकरुपमा विश्लेषण गर्ने, २१ औं शताब्दीको आवश्यकता, जनजीविकाको सवाल, युवाहरुको आकांक्षा, राष्ट्रियताको सवाल, पहाडको टोपी फाटेको नेपाली र तराईमा चप्पल फाटेको नेपालीसम्म पुग्ने पार्टी भएकाले एमाले रोजेको उनको दलिल छ । एमाले र माओवादीबीच ‘एकता’ भएको अवस्थामा आफू प्रवेश गर्ने अवसर पाएको भन्दै उनले रोमाञ्चक महसुस गरेका छन् ।

एमाले अध्यक्षले सिलवाललाई गृहमन्त्री बनाउँछु भन्नुभएको रहेछ, गृहमन्त्री बन्ने कुरा पनि छ त भन्ने प्रश्नमा उनको जवाफ छ– ‘परिस्थितिले कहाँ माग गर्छ, पार्टीले कसरी जिम्मेवारी दिन्छ, अहिले मैले यो नै हुनुपर्छ भन्ने पक्षमा छैन, विभिन्न कोणबाट कुरा भएका छन्, मलाई पार्टीले पनि इज्जत देला, योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिन्छ ।’ नेपाल प्रहरीका ९० प्रतिशत अधिकृत र जवानले आफ्ना लागि प्रार्थना गरेको उल्लेख गर्दै न्याय नभएको अनुभूतिपछि न्याय माग्न जाँदा लाञ्छित गरिएको भन्दै दु:ख प्रकट गरे ।

आफूमाथि उठेका हजारौं प्रश्नको उत्तर दिन आफू अभ्यस्त भइसकेको बताउँदै उनले राजीनामा स्वीकृत नभई पार्टी किन प्रवेश गरेको भन्ने प्रश्नको जवाफ पनि दिने बताए । ‘सर्वोच्चको फैसलापछि मैले म सेवामा रहन सक्दिनँ भनेर छाडेको हो, किन सचिवज्यूले अड्काएर राख्नु भएको हो थाहा भएन ? तैंले राजीनामा दिन हुँदैनथ्यो, थिचिएर मिचिएर बस्नुपर्छ भन्ने त पक्कै छैन होला,’आफू स्वतन्त्र भइसकेको बताउँदै उनी भन्छन्, ‘प्रक्रिया पुर्‍याउने काम उहाँहरुको हो ।’ सिलवालले आईजीपी प्रकरणको विस्तृत विवरण आफ्नो पुस्तकमार्फत सार्वजनिक गर्ने बताए ।

‘यो घटनाको बारेमा म किताब लेख्दैछु, नेपालको इतिहासमा एकजना व्यक्तिमाथि राज्यका निकायहरु खनिएको रोमान्चकारी घटनाहरुको संगालो लेख्छु,’ साहित्यिक क्षेत्रमा ‘नव सिलवाल’कोरुपमा चिनिएका उनी भन्छन्, ‘त्यो पुस्तक भविष्यको पुस्ताका लागि मार्गदर्शन पनि हुन्छ । पावर सेन्टरले व्यक्तिमाथि हस्तक्षेप गर्नुहुँदैन भन्ने शिक्षा पनि लिन सक्छन् ।’नेकपा एमाले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah