आज श्री शाके १९३९ बि.स. २०७४ साल आश्विन २१ गते शनिबार इश्वी सन २०१७ अक्टोबर ७ तारीख कार्तिक कृष्ण पक्ष द्वितीया तिथी चन्दमा मेष राशिमा सूर्य दक्षीणायन शरद ऋतु – ज्यो. प. सरोज घिमिरे ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अधुरा कार्य सम्पादन गर्न तपाईका निम्ती उत्तम समय रहेको छ । नयाँ कार्यका क्षेत्रमा लगानि गर्न तथा पूराना लगानि उठाउन आजको दिन उत्तम रहनेछ । पारीवारीक झोरझमेलाले सताएता पनि त्यसलाई सहजै समाधान गर्न सकिएला । ब्यापार ब्यवसायका क्षेत्रमा समय ब्यतित हुन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परीवारका सदस्यहरुबाट टाढाँ रहि दीर्धकालिन आम्दानिका निम्ती सामान्य खर्च गर्नुपर्ने समय रहेकोछ । बिश्वसनिय ब्यत्तिहरुबाट धोका हुनाले कार्य सम्पादन गर्दा गोप्य रुपमा सम्पादन गरेको उत्तम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेश रहनेछ ।शारीरिक आलस्यताको सम्भाबना रहेकोछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानि क्षेत्र भने मध्यम रहने छ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्य सम्पादमा आत्मबल बड्नेछ भने ब्यापार ब्यवसायमा मध्यम दिन रहनेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । भोज भतेरमा सरीक हुने समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नजिकका दाजु भाई तथा ईष्टमित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।



