काठमाडौं। मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि विभिन्न पार्टीका स्थानिय पार्टी समितिहरुले सम्वन्धित जिल्लाबाट लोकतन्त्रवादी पत्रकारहरूको नाम पनि सिफारिस गरेको छ । केही पत्रकार प्रतिनिधिसभातर्फ प्रत्यक्षका लागि सिफारिस भएका छन् भने केही प्रादेशिक निर्वाचनका लागि सिफारिसमा परेका छन् ।

नेपाली काँग्नेस, एमाले, माओवादीले पत्रकारहरुलाई पनि संसद चुनावका लागि सिफारिस गरेको छ । नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियनका संस्थापक शोभाकर पराजुली काँग्रेसका तर्फबाट बाराबाट संसद सदस्यका लागि सिफारिस भएका छन्। प्रेस युनियनकै संस्थापक तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल सिन्धुपाल्चोक २ बाट काँग्रेसको सिफारिसमा परेका छन्। नेपाल प्रेस युनियनका ४ जना केन्द्रिय उपाध्यक्षहरु सिफारिसमा परेका छन्। उपाध्यक्ष इश्वरी ओझाको नाम काभ्रेको क्षेत्र नं १ को प्रादेशिक निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।

त्यस्तै उपाध्यक्ष विजयी सन्तोषी राईको धनकुटाबाट सिफारिस भएको छ भने उपाध्यक्ष वालाकुमारी अधिकारीको ओखलढुङगाबाट सिफारिस भएको छ। अर्का उपाध्यक्ष रमेश पौडेलको पर्वतबाट सिफारिस भएको छ।

त्यस्तै, घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठीको धार्दिङ काँग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ। धार्दिङबाट पत्रकार ऋषि धमलाको नाम पनि सिफारिस भएको छ । त्यस्तै देशान्तर साप्ताहिकका प्रधानसम्पादक कविर राणा  प्रतिनिधिसभातर्फ भक्तपुर २ बाट सिफारिस भएका छन् । पाँचथरबाट पत्रकार महासंघ पाँचथरका सभापति लवदेव ढुँगाना र विपेन्द्र गौतम सिफारिस भएका छन् । उनीहरुलाई काँग्रेसले सिफारिस गरेको हो।

पत्रकार महासंघका पूर्व महासचिवव पोषण केसी बाँकेबाट काँग्रेस सिफारिसमा परेका छन्। नवलपरासीबाट प्रेस युनियनका सचिव केवी राना र लेखक तथा पत्रकार शंकर तिवारी काँग्रेस सिफारिसमा परेका छन्। पाल्पाबाट प्रेस युनियनका नेता जगदिश भट्टराई पनि काँग्रेस सिफारिसमा परेका छन्। प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत दोलखाबाट एमालेको सिफारिसमा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah