झापाको सुरुगामा शनिबार बिहानै दूर्घटना हुँदा एकजनाको ज्यान गएको छ । पूर्वबाट पश्चिम गइरहेको ना ६ ख ७८६४ नम्बरको बसले दक्षिणबाट उत्तर आउँदै गरेको मे १ त ५१०९ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको बताईएको छ ।
दूर्घटनामा परेर ट्याक्टर चालक झापा गाउँपालिका–४ का ३५ वर्षीय नविन मियाँको घटनास्थलमा नै ज्यान गएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्ढी गिरीका अनुसार बस चालकलाइ नियण्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
तस्विर गणेश गौतम



