नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराइले नेपालमा स्थायित्व हेर्न चाहाना भएका छिमेकी मुलुकका लागी पछिल्लो राजनीतिक घटनाक्रम उत्साहितपूर्ण रहेको बताउनु भएको छ ।

छिमेकी मुलुक भारत र चिन नेपालका राजनीतिक दलका पछिल्ला गठबन्धन र समीकरणबाट सन्तुष्ट भएको आफुले पाएको बताउनु भएको हो । गृहजिल्ला ताप्लेजुङमा आज विहान प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले गरेको कार्यक्रममा उहाले दुई गठबन्धन बन्नु सबैका लागी सुखद भएको प्रतिक्रिया दिनुभयो । नेपालको साशकीय स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी सबैभन्दा सुहाउँदिलो हुने भए पनि नेपालका दलहरु त्यो अभियानबाट चुकेकाले विद्यमान संवैधानिक व्यवस्था अनुसारको सासकिय प्रणाली भित्रको सुन्दरता खोज्न पछिल्ला गठबन्धन बनेको उहाको भनाई छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दलहरुका पछिल्ला समीकरणले प्रगतिशिल र पुँजीवादी शक्तिबीच बृहत राजनीतिक ध्रुवीकरण हुने सचिव भटराईको भनाई छ । निर्वाचनका विषयमा सरकार केही अन्यौलमा रहेको भन्दै उहाले मंसिर १० र २१ को निर्वाचनलाइ एकदिन तलमाथि पारे एमालेलाई मान्य नहुने स्पष्ट पार्नुभयो । कांग्रेसलाई विदेशी शक्तिले विद्यमान संसद विघटन गरेर निर्वाचनको मिति सार्न उक्साइरहेको सूचना आफूहरुले पाएको भन्दै नेता भट्टराईले त्यसो हुन गएमा कांग्रेसका लागि समाप्तीको दिनगन्ती सुरु हुने चेतावनी दिनुभयो ।

प्रचार विभाग प्रमुख समेत रहनुभएका सचिव भट्टराईले काँग्रेस भित्र विदेशि शक्तिको आडमा अनेकौँ खिचडि पाकिरहेकोले सरकारबाट मन्त्रि हटाउने, संसद विगठन गर्ने र चुनाव स्थगित गर्ने प्रपञ्च रचिएको भए त्यो काँग्रेस पाटि र देउवाका लागिनै घात हुने दावि समेत गर्नुभयो ।