झापाको दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक चन्द्र थापाको मृत्यु भएको छ । बिराटनगरको नोबेल अस्पतालमा उपचारार्थ अवस्थामा उनको निधन भएको बताईएको छ । शनिबार उनको निधन भएको हो ।
उपप्राध्यापक थापा ७ बर्षदेखि क्याम्पसमा अध्यापन गराउदै आएका थिए । उनि लेखा बिषय पढाउथे । उनि दमक साविक १५ हाल दमक ९ का स्थायि बासिन्दाहुन् ।



