गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णण पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् ।

प्राप्त जानकारीअनुसार तत्कालीन वडा सचिव सुदीप दाहालको नियन्त्रणमा रहेको सो निर्णय पुस्तिका नयाँ कार्यकारी अधिकृत रामजी जोशी आएलगत्तै हराएको बताइएको छ ।

नगरपालिकाका पूर्व कार्यकारी अधिकृत शम्भु ठाकुरले अतियमित तवरले रू ९० लाख बराबरको कारोबार गरेको खबर सार्वजनिक भएपछि अनुसन्धान गर्ने क्रममा कार्यालयको निर्णय पुस्तिका सहित चेकबुक, भौचरलगायतका अति आवश्यक कागजात कार्यालयमा फेला नपरेको कार्यकारी अधिकृत जोशीले जानकारी दिनुभयो ।

आफूले हरेक कर्मचारीसँग यस सम्बन्धमा स्पष्टीकरण लिइरहेकोे र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिने नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो ।

प्राप्त जानकारी अनुसार सो निर्णय पुस्तिकामा पूर्व कार्यकारी अधिकृतहरु राधेश्याम गिरी, रामकुमार महतो र शम्भु ठाकुरको पालामा भएका महत्वपूर्ण निर्णय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah