मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी तीव्रताका साथ भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र नै छाप्न सुरु गरिसकेको छ । तर, एउटै मतपत्रबाट दुई तहका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले मतपत्र कस्तो हुन्छ भन्ने आम कौतुहलता छ ।

निर्वाचन अयोगले मतपत्रको नमुना सार्वजनिक नगरे पनि ऐनको व्यवस्था र दलहरुबीचको समझदारीका आधारमा समानुपातिकको मतपत्र छपाई सुरु भएको हो ।
समानुपातिकका लागि १ करोड ७० लाख मतपत्र छपाई गरिने आयोगले जनाएको छ ।

तर, प्रत्येक्ष निर्वाचनका लागि भने कात्तिक ५ गते मनोनयन दर्ता भएपछि परेको उमेदवारीअनुसार मतपत्र छाप्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

कस्तो हुन्छ मतपत्र ?

यसअघि प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकमा एउटा पार्टीको एउटा मात्र चिन्ह रहने बताइएको थियो । तर, प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन चाहने सबै दल प्रदेशसभाका लागि निवेदन नदिएकाले एउटै मतपत्रमा दुई खण्डमा विभाजन गरी छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अब समानुपातिक मतदानका लागि पनि एउटै मतपत्रका दुई खण्डमा एक/एक ओटा छाप लगाउनुपर्ने भएको छ । माथिल्लो खण्डको भोट प्रतिनिधिसभाको समानुपातिक प्रतिनिधिको लागि हुनेछ भने तल्लो भोटले प्रदेशसभाको समानुपातिक प्रतिनिधि चयन गर्नेछ ।

प्रत्यक्षका लागि भने उमेदवारीअनुसार मतपत्र छापिनेछ ।

प्रतिनिधिसभाको समानुपातिक मतपत्र

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट ८८ दलले भाग लिन निवेदन दिएका छन् । मतपत्रमा पुराना दललाई दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त मतका आधारमा निर्वाचन चिन्ह राखेर छपाई सुरु गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।

त्यस्तै, नयाँ दलको हकमा दल दर्ताको मितिका आधारमा चिन्ह मतपत्रमा राखिएको छ ।

प्रदेशसभाको समानुपातिक मतपत्र

एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि चिन्ह राखिएको मतपत्रमा प्रदेशको समानुपातिक मतदानका लागि तल्लो भागमा सम्बन्धित प्रदेशको दल दर्ताका आधारमा चुनाव चिन्ह राखेर मतपत्र छपाई सुरु गरिएको छ ।

उदाहरणका लागि प्रदेश नं १ मा समानुपातिकका लागि ८७ दलले इच्छा देखाएका छन् । अब, एक नम्बर प्रदेशमा तल्लो भागको मतपत्रमा ८७ चिन्ह राखेर छपाई सुरु गरिएको छ ।

जसले गर्दा सबै प्रदेशमा दल दर्ताका आधारमा मतपत्रमा चुनाव चिन्ह राखिने आयोगका प्रवक्ता ढकालले जनाए ।

प्रत्यक्षका लागि ३३० प्रकारका मतपत्र

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र भने ३३० प्रकारका हुने भएका छन् ।

प्रतिनिधिसभाका लागि १६५ क्षेत्र र प्रदेशसभाको लागि ३३० क्षेत्रमा पर्ने उमेदवारीअनुसार मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।

प्रत्येक्षतर्फ पनि दुई तहको निर्वाचनका लागि एउटै मतपत्रमा माथिल्लोमा प्रतिनिधिसभाका उमेदवार र तल्लो भागमा प्रदेशसभाका उमेदवारका लागि चिन्ह राखिने छ ।

जसले गर्दा मतपत्रको ३३० प्रकारका मतपत्र हुनेछन् । प्रत्येक्षतर्फ एउटै मतपत्रको दुई खण्डमध्ये माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभाका उमेदवारका लागि मतदान गर्न पाउने आयोगले जनाएको छ ।

जसले गर्दा समग्रमा एकजना मतदाताले दुई मतपत्रका चारवटा चिन्हमा मतदान गर्न पाउँछन् ।बाह्खरीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah