काठमाण्डौ । करिब एक महिना अघि आफ्नो पदाबाट राजीनामा दिएका नेपाल प्रहरीका डिआइजी नवराज सिलवालको राजीनामा गृह मन्त्रालयले स्वीकृत नगरेको खुलासा भएको छ ।

गत भदौ २८ गते आइजीपी प्रकरणमा सर्वोच्चको फैसलापछि प्रहरी सेवाबाट बाहिरिने घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा पत्र अहिलेसम्म स्वीकृत भएको छैन । छलफल मा खबर रहेको छ।

यो सवालमा गृहसचिव लोकदर्शन रेग्मीले राजीनामा पत्र आफुसम्म आइनपुगेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका छन् ।

डिआइजी सिलवाललृेृ दिएको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले सनाखत गरी गत असोज १ गते स्वीकृतिका लागि गृहमन्त्रालय पठाएको देखिन्छ । पत्र संख्या २–०१–६.१(०७४–०७५) र चलानी नम्बर ९०९ उल्लेख भएको सो पत्र गृहमन्त्रालय पठाएको देखिन्छ । तर उक्त फाइल आफुसम्म आइनपुगेको गृहसचिव रेग्मीको दाबी छ ।

उनको दाबीसँगै सिलवालले दिएको राजीनामा पत्र गायब भएको स्वत पुष्टि हुन्छ । डिआइजी सिलवालले दिएको राजीनामा पत्रको फाइल कहाँ पुग्यो त ? यो सवालमा गृहमन्त्री जनार्दन शर्माले समेत चासो दिनुभएको बुझिएको छ ।

गृहमन्त्री शर्माले प्रहरी प्रधान कार्यालयले पठाएको पत्र गृहमन्त्रालय किन गायब भयो ? भन्ने सवालमा गृहसचिवसँग समेत कुराकानी गर्नु भएको बताइएको छ ।  डिआइजी सिलवालले दिएको राजीनामा पत्र स्वीकृत नहुँदै उनी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।

श्रोतका अनुसार आफुले दिएको राजीनामा पत्र गायब भएपछि सिलवालले शंका व्यक्त गरिरहेका थिए । प्रहरी प्रमुख प्रकाश अर्यालबाट स्वीकृत भएर गृहमन्त्रालय पठाइएको उक्त फाइल कहाँ हरायो ? यसको जवाफ कसैले दिन सकेको छैन ।

सम्भवतः आफुविरुद्ध फेरि षडयन्त्र हुने संकेत पाएरै डिआइजी सिलवाल एमालेमा प्रवेश गरेका हुन् । कुनै शक्ति केन्द्रको आड नलिए फेरि पनि आफुविरुद्ध ठूलै षडयन्त्र हुने देखेपछि उनले तत्काल एमाले प्रवेश गरेको अन्दाज गर्न सकिन्छ ।

एमाले प्रवेश गरिसकेका सिलवालमाथि कुनै संकट आइलागे अब एमालेले नै बार्गेनिङ गर्न सक्ने बाटो समेत खुलेको छ । उनी एमालेका इमान्दार सिपाही भैसकेका छन् ।

उनका नेता अब अध्यक्ष केपी ओली लगायतको नेतृत्व हो । गृहमन्त्रालयमा यदि फेरि पनि सिलवालविरुद्ध षडयन्त्र भएको हो भने एमालेले तत्काल पहल लिन कन्जुस्याई गर्न नहुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah