काठमाडौं । संविधान सभा निर्वाचन २०७० र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबीचको ४ वर्षे समयावधिभित्र नेपालमा ३२ लाख ७९ हजार ८ सय ६६ मतदाता थपिएका छन् । विभिन्न जिल्लामा थपिएका मतदाताहरुको विवरण विश्लेषण गर्दा सबैभन्दा बढी मतदाताहरु तराईभेगमा थपिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार तराईका जिल्लामा सबैभन्दा धेरै मतदाताहरु थपिएका छन् भने हिमाली क्षेत्रका जिल्लाहरुमा मतदाता घटेका छन् । आयोगले दिएको तथ्यांक अनुसार २०७० सालको निर्वाचनको तुलनामा २०७४ सालको निर्वाचनमा सबैभन्दा धेरै मोरङ जिल्लामा मतदाता बढेका छन् । मोरङ जिल्लामा मात्रै यो अवधिमा १ लाख ४९ हजार ३ सय ५२ मतदाता थपिएका छन् । त्यस्तै, धेरै मतदाता थपिएको जिल्ला मध्ये १० औं स्थानमा परेको छ मुलुकको राजधानी शहर काठमाडौं ।

मुलुकको राजधानी समेत रहेको काठमाडौंमा यो ४ वर्षमा ७१ हजार ५ सय १० मतदाता थपिएका छन् । यसरी बढी मतदाता थपिएका जिल्लाहरुमा क्रमश रुपन्देहीमा १ लाख ३४ हजार २ सय ८१, झापामा १ लाख ३० हजार सात सय ३७, कैलालीमा १ लाख २६ हजार नौ सर १९, नवलपरासीमा १ लाख १२ हजार एक सय ८७, सुनसरी एक लाख २ हजार एक सय ४६, दाङमा एक लाख एक सय ७७ र चितवनमा ८० हजार २ सय ३२ र कपिलवस्तुमा ७२ हजार नौ सय ५ मतदाता थपिएका छन् । यो १० मध्ये ९ जिल्ला तराईमा पर्ने जिल्लाहरु हुन् भने काठमाडौं मात्रै राजधानी शहर भएकोले पहाडी जिल्लामा पनि मतदाता थपिएको देखिन्छ ।

त्यस्तै थोरै मतदाता थपिएका जिल्लाहरुमा मनाङ सबैभन्दा अगाडि रहेको छ । यो जिल्लामा यो चार वर्षमा एक हजार ८५ मतदाता थपिएका छन् । त्यस्तै, दोस्रोमा २१ सय ८५ मतदाता मुस्ताङ जिल्लामा थपिएका छन् । यसरी कम मतदाता थपिएकाहरुमा क्रमशः तेस्रो स्थानमा डोल्पामा ३९ सय ७, चौथो स्थानमा रहेको हुम्लामा ५३ सय १९, पाँचौ स्थानमा रहेको मुगुमा ६१ सय १४, रसुवामा ८७ सय ८९, बाजुरामा ११ हजार २४, जुम्लामा ११ हजार ६ सय १३ र दशौं स्थानमा रहेको दार्चुलामा १२ हजार ४ सय १३ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । यसरी कम मतदाता बढेका सबै जिल्लाहरुमा प्रतिनिधि सभाका लागि एउटामात्रै निर्वाचन क्षेत्र रहेको छ ।

सबैभन्दा धेरै मतदाता थपिएका १० मध्ये ९ वटा जिल्ला भारतसँग जोडिएको छ भने सबैभन्दा कम मतदाता थपिएका १० जिल्लामध्ये ७ वटा जिल्लाको सीमाना चीनसँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah