सवाल नेपाल डेक्स
दमक/महाअभियोग प्रकरणले चर्चामा आएकी पूर्व प्रधानन्याधिश शुशिला कार्की पनि एमालेमा आउने तयारी गरेको बताईको छ । यद्यपि यसको पुष्टि भने भएको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुसंग यस बिषयमा बिभिन्न चरणमा कुराकानी भएको एमालेका एक केन्द्रिय सदस्यले बताएकाछन् । निर्वाचन अगावै पार्टीमा प्रवेस गर्ने सम्भावाना रहेको ति केन्द्रिय सदस्यले बताए ।
कार्कीलाइ महाअभियोग लगाइदा एमालेले त्यसको बिरोध गरेको थियो । आइजिपि प्रकरणलाइ लिएर उत्पन्न भएको महाअभियोगको अर्का चर्चित ब्याक्ति नवराज सिलवाल एमालेमा आइसकेकाछन् ।
ओलीले अहिले बिशिष्ठ ब्याक्तिहरुलाइ एमालेमा प्रवेस गराउनका लागि आफै पहल गरिरहेको बताईएको छ । बिभिन्न क्षेत्रमा बिशेषज्ञता हासिल गरेकाहरुलाइ पार्टीमा प्रवेस गराउनका लागि नियमित छलफल र भेटघाटमा ब्यस्त रहेको उनका सचिवालयले जनाएको छ ।



