झापाको क्षेत्र नं. ५ का राप्रपाका कार्यकर्ता पुयण्प्रसाद संग्रौलाले साँसदमा आफ्नो दाबी रहेको बताएकाछन् । उनले प्रदेससभा निर्वाचनमा राप्रपा झापा झेत्र नं ५ ख बाट आफ्नो उम्मेदवारी दाबी गरेकाहुन् ।
स्व. बिरेन्द्र संग्रौलाका छोरा समेत रहेका उनले आफूहरु झापाको राप्रपाको संस्थापन पक्ष भएको दाबी गर्दै आफू उम्मेदवारी दिनबाट पछि नहट्ने बताएकाछन् । सवाल नेपालको कार्यालयमा आएर उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा समेत गरेकाछन् ।
हिन्दु राज्य र राजसंस्था नै आफ्नो चुनावी एजेण्डा रहेको बताउदै उनले आफू जनताको घरदैलोमा जाँदा पनि यिनै कुरा उठाउने बताए । उनले आफूलाइ पार्टीले टिकट दिनेमा बिश्वस्थ रहेको पनि जनाए ।
संग्रौला बिभिन्न ग्रैह् सरकारी संस्थामा काम गरेका ब्याक्ति हुन् । सानैदेखि बिद्यार्थी राजनीतिमा लागेको बताउदै आफूले बुबाको राजनीतिमा सहयोगिको भूमिका निर्वाह गरेकाले प्रत्यक्ष नदेखिएको बताए ।



