झापाको दमकमा पनि भोली मंगलवार २५ औ बिश्व मानसिक दिवस मनाउने तयारी भएको छ । बढ्दो मानसिक समस्यालाइ न्यूनिकरण गर्ने उदेश्यका साथ यो दिवस दमकमा पहिलो पटक मनाउन लागिएको यसको अगुवाइ गरेका सन्तोष दुलालले बताएकाछन् ।
दमक जेसिस, दमक पब्लिक लाइब्रेरी लगायतका संघसंस्थाहरुले यसमा सहयोग गर्ने बताईएको छ । मानसिक स्वास्थ्य सम्बन्धि सचेतना फैल्याउने उदेश्यले भोली मंगलवार दमकमा र्याली हुनेछ ।



