काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको खुलासा गरेका छन् ।
जनता टेलिभिजनका कार्यक्रम ‘द भ्यू’मा नेता श्रेष्ठले पार्टी एकीकरणपछि सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको खुलासा गर्नुभयो । आगामी मंसिरमा १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै पार्टी एकीकरण हुने जानकारी दिनु भयो । ‘अब चुनावमा मिलेर गइन्छ, एकदम सहज वहुमतको सरकार बनाइन्छ, देशको कायापलट गरिन्छ, पार्टी एकता गरिन्छ’, नेता श्रेष्ठले भन्नुभयो, ‘समाजबादको आधार तयार गरेर समाजवादमा पुगिन्छ ।’
बाहिर आए जस्तो नेताले हार्ने खतरा देखेकाले वाम एकता नगरिएको श्रेष्ठको भनाई छ । यो मुलुकको ऐतिहासिक कार्य भएको उहाँले बताउनुभयो ।
पूरा कुराकानीका लागि यो भिडियो हेर्नुस्:










