काठमाडौ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको छ ।

काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले मिनभवनको सडकजाम गरिरहेका निर्माण व्यवसायीलाई घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्ने जानकारी गराएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ,सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो । अन्नपूर्ण पोस्ट बाट