सहबान अन्सारी नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती गरिएको छ । सिमा क्षेत्रमा भईरहेको बढदो तस्करीलाई नियन्त्रण गर्नकालागी आज शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल एस.एस.बी.झुलनीपुरले संयुक्त गस्ती गरेका हुन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संयुक्त गस्तीको क्रममा शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी नायक निरिक्षक विश्वजित खवासको नेतृवमा रहेको गस्ती टोली र शसस्त्र सिमा बल एस.एस.बी झुलनीपुरको शसस्त्र प्रहरी नायक निरिक्षक सुरेन्द्र सिंह ठाकुरको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०० देखी स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।

गस्तीको क्रममा सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो ।

संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट ९ जना,सशस्त्र सिमा बल एस.एस.बी.बाट ८ जना र नेपाल प्रहरीबाट ४ जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।