धादिङ, २४ असोज–धादिङको नीलकण्ठ नगरपालिकाको सांकोषको दामगाडेमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटना परि ४० जना घाइते भएका छन् ।
गुम्दीबाट धादिङबेशीतर्फ आउदै गरेको लेकबेसी यातायातको बा ३ ख ४८८ नंबरको बस गुम्ती मोड्ने क्रममा दुर्घटना हुदा बसमा सवार ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक ध्रुवराज राउतले बताए ।
उनका अनुसार घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पतालमा समान्य उपचार पछि काठमाडौं पठाइएको छ ।
अन्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको प्रहरी उपरिक्षक राउतको भनाइ छ ।


