काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंको क्षेत्र नम्बर ४ मा सुबुना बस्नेतलाई अघि सारेको छ । यो क्षेत्रमा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई उम्मेदवार बन्ने तयारीमा छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनले प्रदेश ३ को मुख्यमन्त्रीका रुपमा अघि सारे आफू तयार रहेको बताएका थिए । तर, पार्टीले ठोस निर्णय नगरेपछि उनी प्रतिनिधिसभा सदस्य चुनावको तयारीमा होमिएका छन् ।

थापाको क्षेत्रमा अब विवेकशील साझा पार्टीबाट सुबुना पनि चुनावी दौडमा होमिएकी छन् ।

को हुन् सुबुना ?

इलाममा जन्मिएकी सुबुना २६ वर्षकी भइन् । उनी राजनीति होमिएको भने चार वर्ष भयो । विवेकशील नेपाल मञ्चको सदस्य हुँदै पार्टी केन्द्रीय सदस्य भएकी उनी एमबीए अध्ययनरत छिन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरेको अभियानका क्रममा पनि उनले सक्रिय सहभागिता जनाउँदै आएकी थिइन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने निर्णय आफ्नो र पार्टी दुबैको भएको उनले बताइन् ।

काठमाडौं ४ मा अन्य क्षेत्रहरु जस्तै सडक, खानेपानी जस्ता समस्या रहेको भन्दै उनले भने, ‘मैले कसैका विरुद्ध भन्दा पनि समस्यासँग जुध्न चुनाव लड्न लागेको हुँ ।’

हालै भएको स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने महानगरपालिकाको दुईवटा वडामा विकेकशील पार्टीले उम्मेवारी दिएको थियो । उनीहरुसँग छलफल थालेको र छिट्टै चुनावी अभियान अघि बढाउने उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah