काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने तयारी गरेको छ । परिवर्तित राजनीतिक घटनाक्रम लगतै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० गतेका लागि तोकिएको पहिलो चरणको निर्वाचन मंसिर २१ गते नै गर्ने प्रस्ताव गर्नुभएको हो ।
वालुवाटार स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनामा आएको विकाससँगै प्रधानमन्त्री देउवा निर्वाचन सार्ने पक्षमा देखिनुभएको हो । निर्वाचन सार्ने प्रस्ताव प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष समेत राखेको बताइएको छ ।
यद्धपि राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुको सहमति विना निर्वाचन सार्ने निर्णय नलिन सुझाव दिनुभएको राष्ट्रपतिको निजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको प्रस्तावले निर्वाचनको भविष्य अन्योल बनाएको छ ।










