झापाको दमकमा पहिलो पटक भब्य रुपमा २५ औ विश्व मानसिक स्वास्थ्य दिवश मनाइएको छ । मंगलवार साँझ भब्य र्यालि गरेर दिवस मनाईएको हो ।
र्यालीपछि कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरपालिकाका उपप्रमुख गिता अधिकारीले मानसिक स्वास्थ्य सबै सरोकारको विषय भएको जनाउदै स्थानीय निकायले यसलाइ पनि सम्बोधन गर्ने उनले बताइन् ।
दमक जेसिस, युथ फर ब्लड लगायतको संयोजनमा दमकमा रहेका संघसस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । रयालीपछि दीप प्रज्वलन समेत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अञ्चल प्रहरी कार्यालय मेचिका प्रमुख एस.एस.एसपि पिताम्बर अधिकारीले मानसिक समस्या सबैको सरोकारको विषय रहेको बताए । उनले अपराध न्यूनीकरणका लागि समेत मानसिक रुपमा स्वास्थ्य हुन जरुरी रहेको भन्दै मानसिक समस्यालाइ गम्भिर रुपमा लिनु पर्ने उनको जोड रहेको थियो ।
टिपिओ नेपाल दमकका प्रमुख डा. शालिग्राम भट्टराई लगायतले बोलेका थिए । कार्यक्रमलाई दमक जेसिजका अध्यक्ष गोबिन्द राज कट्टेलले सञ्चालन गरेका थिए भने युथ फर ब्लड झापाका महासचिव भुपेन्द्र काफ्लेले धन्यवाद ज्ञापन गरि समापन गरे ।



