काठमाडाैं /सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्‍या गरेको छ । सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी हत्‍या गरेको हो ।

शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए । शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ।मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली शाह गोली हानेको बुवा नागेन्द्र शाहले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, ‘ हामी बाबुछोरा पसल बन्द गरेर आउँदै गर्दा गाउँको बीचमा अज्ञात समूहले मोटरसाइकल रोक्‍न लगायो र मसँग भएको गरगहना माग्‍यो। तर मैले दिन नमानेपछि उनीहरुले गोली चलायो ।’

मृत शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा ल्याइएको छ। यसअघि सोमबार दिउँसै राजधानी काठमाडौंको शान्तिनगरमा निर्माण व्‍यावसायी महासंघका अध्‍यक्ष शरद थौचनको गोली हानी हत्‍या गरिएको थियो।अाजको अन्नपूर्णमा खबर छ ।