प्रदेश र प्रतिनिधि सभाको निर्वाचन यही आउने मंसिर १० र २१ गते हुँदैछ । प्रमुख दलका शीर्ष नेताहरु चुनाव आउनु एक महिना अघिदेखि नै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा भित्र्याउन तछाँडमछाँड गरेर लागिपरिरहेका छन् ।

यसो त अहिले राजनीतिक ध्रुवीकरण हुँदै गएको छ । पछिल्लो समय नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ती नेपालवीच चुनावी तालमेल र पार्टी एकताको प्रयास भएसँगै झनै राजनीति ध्रुवीकृत बनेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला विभिन्न दलका नेता तथा कार्यकर्ताहरु भित्र्याउन सक्रिय भएर लागेका छन् । सोही अनुसार उनले अहिले प्रसिद्ध कलाकारहरुलाई आफ्नो पार्टीमा ल्याउने तयारीमा जुटेका छन् ।

नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य समेत रहेकी चर्चित नायिका करिश्मा मानन्धर प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गर्ने तरखरमा छिन् । उनले संभवत भोलि वा पर्सीभित्रै पार्टी प्रवेश गर्ने बुझिएको छ ।

त्यस्तै अर्की नायिका रेखा थापापनि अब नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । यसको लागि उनले हालै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै आग्रह गरेकी हुन् । ओली निकट उच्च स्रोतले भन्यो,‘रेखाजीले हालै हाम्रो पार्टी अध्यक्षलाई भेटेर एमालेमा प्रवेश गर्नेबारे जानकारी गराउनुभएको हो, हेरौं अब एक दुई दिनभित्रै उहाँ हाम्रो पार्टीमा प्रवेश गर्नुहुन्छ होला।’

रेखाले राजनीतिक यात्रा तत्कालिन एकीकृत नेकपा माओवादीबाट सुरु गरेकी हुन् । त्यसपछि उनी कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेकी हुन् । थापाले राप्रपाको एकता महाधिवेशनमा केन्द्रिय सदस्य नै जितेकी हुन् । त्यसपछि उनको लोकप्रियता पनि ह्वात्तै बढेको हो । अहिले उनी राप्रपा प्रजातान्त्रिकमा मा छिन् ।

हुन त रेखाले एमालेमा जाने कि वा माओवादी केन्द्रमै फर्किने भनेर अहिले नै निर्णय गरिनसकेको दाबी गर्दै आएकी छिन् । स्रोतका अनुसार रेखाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालमार्फत पूनः माओवादी केन्द्रमै फर्किन दौडधुप समेत सुरु गरेकी छिन । करिश्माले भने माओवादी केन्द्रमै प्रवेश गरेर समानुपातिकमा बस्ने सोच बनाएकी छिन् ।

राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल वली यसअघि नै एमालेमा प्रवेश गरिसकेकी छिन् । राप्रपाको निर्वा्चित केन्द्रीय सदस्य रहेकी कोमल एमाले उपाध्यक्ष वामदेव गौतमको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah