झापाको शिवशताक्षी नगरपालिका –४ वुलुचौकमा १६ एमभीएको ट्रान्सर्फमर जडान गरिएको छ । एक वर्ष अघि वुलुचौक शव स्टेशनको ३३÷११ केभीको हाइटेन्सन लाइनको १६ एमभीएको ट्रान्सर्फमर जलेपछि त्यस क्षेत्रमा नियमित विद्युत सेवा प्रभावित भएको थियो ।

तत्कालका लागि ८ एमभीएको ट्रान्सर्फमरबाट सेवा प्रदान गरिएपनि चालीसहजार सेवाग्राहीले सहज रुपमा विद्युत सेवा लिन नसकिरहेको नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले बताउनुभयो ।

सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले त्यस ठाउँमा १६ एमभीएको ट्रान्सर्फमर जडान गरेको उहाँको भनाई छ । १६ एमभीएको ट्रान्सर्फमर जडानपछि अब शिवशताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिका लोड सेडिङ मुक्त हुन्छ केन्द्रप्रमुख सिहंले भन्नुभयो ।

बुलुचौक सवस्टेशनमा कम क्षमताको ट्रान्सर्फमर हुँदा त्यहाँका सेवाग्राहीले नियमित विद्युत उपभोग गर्न सकेका थिएनन् । भोल्टेज कम हुने समस्याका कारण त्यस क्षेत्रका सेवाग्राहीले विद्युत उपयोग गरेपछि अधिकांश समय टुकीको प्रयोग गर्न वाध्य भएको स्थानीय शान्तिराम बस्नेतले बताउनुभयो ।

शव स्टेसनकै ट्रान्सर्फमरको क्षमता कम भएका कारण ओभरलोड भएर अन्य ठाउँमा राखिएका ट्रान्सर्फमर विग्रिरहने भएपछि सेवाग्राही समस्यामा थिए उहाँले भन्नुभयो ।

८० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको नेपाल विद्युत प्राधिकरण दमक बितरण केन्द्रले अब दुई नगरपालिका र एक गाउँपालिका सहित दमक नगरपालिकालाई पनि तीहारसंगै लोडसेडिङ मुक्त बनाउने भएको छ । जसका लागि काम सुरु गरिसकिएको केन्द्र प्रमुख तथा प्रमुख इञ्जिनियिर सिंहले बताउनुभयो ।

यस अघि नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रमा हुँदा सिंहले बिर्तामोड क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउनुभएको थियो । विद्युत चुहावटलाई नियन्त्रण गर्दै केन्द्र प्रमुख सिंहले बिर्तामोडलाई तीन महिना अघि नै लोडसेडिङ मुक्त बनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah