काठमाडौं, २५ असोज– मंसिमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरु उम्मेदवार छान्न जुटेका छन् । राजनीतिक दलका क्षेत्रीय र जिल्ला समितिले उम्मेदवारको लामो सूची केन्द्रमा पठाएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले वाम तालमेल गरेका छन् भने दुई राप्रपा, दुई फोरम, राजपालाई लिएर सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लोकतान्त्रिक गठवन्धन गरेको छ ।

दुवै गठवन्धन आपसी समझदारीमा उम्मेदवार छान्न जुटेका छन् । तर, धेरै पार्टी भएका कारण मिलाउन दलहरुलाई हम्मे हम्मे परेको छ । लोकान्तर मा खबर रहेको छ ।

वाम गठवन्धनका एमाले र माओवादी केन्द्रले ६०/४० को भागवण्डा नै गरेका छन् तर लोकतान्त्रिक गठवन्धनमा भने त्यस्तो समझदारी नभएका कारण कसले कहाँ र कति सीट पाउने भन्ने अन्योलता छ ।

दलहरु १६५ निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा र प्रदेशका उम्मेदवारका लागि जुटेसँगै सात प्रदेशको नेतृत्व गर्ने मुख्य मन्त्रीको चयन पेचिलो बनेको छ ।

शीर्ष नेताले रुची नदेखाएको मुख्य मन्त्री बन्नका लागि दोस्रो तहका नेताहरु आकाक्षी देखिएका छन् । लहरुबीचको चुनावी तालमेलका कारण मुख्य मन्त्रीको सम्भावित उम्मेदवारको नाम पनि तलमाथि परेको छ । तर दलहरुका तर्फबाट केही आकांक्षी र केही संभावित व्यक्तिहरुको भने चर्चा शुरु भएको छ ।

को को छन् चर्चामा ?

प्रदेश सभामा ५६ सीट रहेको प्रदेश नम्बर एकमा एमाले माओवादी गठवन्धनका तर्फबाट एमालेले मुख्य मन्त्री पाउने गरि छलफल भइरहेको छ ।

जसअनुसार १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमालेका भीम आचार्य र शेरधन राईलाइ दावेदारको रुपमा लिएको छ । यसअघि योगेश भट्टराईको चर्चा भएपनि उनी प्रत्यक्षमा सिफारिस परेका छन् ।

माओवादी केन्द्रले शुरुमा गोपाल किरातीको नाम मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरेको थियो । तर एमाले माओवादी गठवन्धन र उम्मेदवार चयन प्रकृयाका कारण उनी मुख्य मन्त्रीको रेसबाट बाहिरिने सम्भावना छ । एमालेसंग पार्टी एकता गर्ने सहमतिप्रति असन्तुष्ट किरातीलाई कुनै आकर्षक पद दिन प्रचण्ड राजी भएका छन् । तर मुख्यमन्त्री बन्ने सम्भावना भने कमजोर भएको छ ।

प्रदेश नम्बर एकका लागि नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङदेम्बे, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरेको चर्चा छ । विश्वप्रकाश शर्मा भने झापा १ बाट प्रतिनिधिसभाका लागि सिफारिसमा परेका छन् । राई, लिम्बुको भोट तान्नका लागि पनि काँग्रेसले आङदेम्बेलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको कांग्रेस स्रोत बताउँछ ।

प्रदेश नम्बर दुई

प्रदेश नम्बर दुईमा वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रले दाबी पेश गरेको छ । स्थानीय तह निर्वाचनमा एमाले भन्दा धेरै स्थानीय तहमा जीतेको माओवादी केन्द्रका तर्फबाट मातृका यादव, रामचन्द्र झा र उर्मिला अर्याललगायतको चर्चा छ । जसमध्ये मातृकालाई बलियो उम्मेदवारका रुपमा लिइएको छ ।

प्रदेश नम्बर दुईमा एमाले माओवादी गठवन्धन भन्दा लोकतान्त्रिक गठवन्धन बलियो देखिएको छ । नेपाली कांग्रेस, समाजवादी फोरम, राजपा, फोरम लोकतान्त्रिक लगायतका दलको तालमेल भएका कारण दुई नम्बर प्रदेशमा मुख्य मन्त्री कसले पाउने भन्ने जटिलता छ ।

दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट महेन्द्र यादवको नाम चर्चामा छ । यसअतिरिक्त फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, पद्मनारायण चौधरीलगायतको चर्चा छ तर मधेसवादी दलले दुई नम्बर प्रदेशको मुख्य मन्त्रीमा दाबी गर्न सक्ने कांग्रेस नेताहरुको अनुमान छ । राजपाबाट जितेन्द्र सोनल, मनिष सुमन, तथा फोरमबाट रामसहाय प्रसाद यादव लगायको नाम चर्चामा छ । राजपाले अध्यक्ष मण्डलका कोही नेतालाई अगाडि सार्ने सम्भावना पनि रहेको बताइन्छ ।

प्रदेश नम्बर तीन

राजधानीसमेत रहेको प्रदेश नम्बर तीनमा दलहरुले विशेष रुची देखाएका भएपनि हेभी वेट उम्मेदवार मुख्य मन्त्री बन्ने सम्भवना देखिएको छैन ।

वाम गठवन्धनका तर्फबाट एमालेले दाबी गरेको तीन नम्बर प्रदेशका लागि नेकपा एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १० मा प्रदेश सभा उम्मेदवार बन्न लागेका सानुकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका शेरबहादुर तमाङको सम्भावना बढी रहेको एमाले स्रोतको भनाइ छ । यद्दपी तामाङ सिन्धुपाल्चोकबाट प्रतिनिधिसभाका लागि सिफरिसमा परेका छन् । सिन्धुपाल्चोकमा एक क्षेत्र माओवादी केन्द्रलाई दिनुपर्ने भएका कारण एमालेले उनलाई प्रदेशमा उठाउने सम्भावना रहेको एक एमाले नेताले बताए ।

प्रदेश नम्बर तीनका लागि यसअघि कांग्रेस नेता गगन थापाको नाम चर्चामा थियो । थापाले पार्टीले जिम्मेवारी दिएमा आफु मुख्यमन्त्रीको लागि तयार रहेको बताएका थिए । तर, वाम गठवन्धन भएसँगै उनी काठमाडौं क्षेत्र नम्बर चार बाट उम्मेदवार बन्ने भएका छन् । कांग्रेसका तर्फबाट डा प्रकाश शरण महत, ध्यान गोविन्द रञ्जित, मोहन वराल, मधु आचार्यको सम्भावना रहेको छ ।

प्रदेश नम्बर चार

प्रदेश सभाका लागि ३२ सीट रहेको चार नम्बर प्रदेशका लागि वाम गठवन्धनका तर्फबाट एमालेले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेको छ ।

एमालेका तर्फबाट प्रदेश संयोजक समेत रहेका किरण गुरुङ मुख्य संभावित उम्मेदवार हुन् । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीका लागि शुरुमा एमालेका युवा नेता रवीन्द्र अधिकारीको समेत चर्चा भएपनि उनलाई प्रतिनिधि सभामा प्रत्यक्षका लागि सिफारिश गर्ने तयारी भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रदेश नम्बर चारका लागि उपप्रधानमन्त्री समेत रहेको गोपालमान श्रेष्ठ मुख्य मन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । तर एमाले माओवादी गठवन्धन बनेसँगै उनी पछि हटेका छन् । अब कांग्रेसका तर्फबाट प्रदीप पौडेल, गोविन्द भट्टराई, अर्जुन जोशी सम्भावित उम्मेदवारका रुपमा चर्चामा छन् । जोशी पर्बतबाट लगातार चुनाव जित्दै आएका छन् ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर पाँचमा प्रदेश सभाका लागि ५२ सीट रहेको छ । माओवादी केन्द्रले मुख्य मन्त्री दाबी गरेको यस प्रदेशमा कुलप्रसाद केसी ‘सोनाम’ र चन्द्रप्रकाश खनाल ‘बलदेव’ सम्भावित उम्मेदवार रहेका छन् । उक्त क्षेत्र माओवादीका शीर्ष नेता कृष्णबहादुर महारा, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माको प्रदेश हो ।

पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले पनि दावी गरेको छ । यसअघि एमालेको तर्फबाट गोकर्ण विष्टको समेत चर्चा चलेपनि उनी गुल्मी २ बाट प्रतिनिधि सभाका लागि सिफारिश भएपछि सोमप्रसाद पाण्डे, शान्ता चौधरीको चर्चा छ ।

यो प्रदेश तराई केन्द्रीत दलको प्रभाव क्षेत्र समेत रहेका कारण लोकतान्त्रिक गठवन्धन बलियो शक्ति हो । नेपाली कांग्रेसबाट देवेन्द्रराज कँडेल, अव्दुल रजाक, सुरेन्द्रराज आचार्य सम्भवित उम्मेदवार हुन् तर तराई केन्द्रीत दलले समेत पाँच नम्बर प्रदेशमा मुख्यमन्त्री दाबेदारी प्रस्तुत गर्ने सम्भावना छ । शुरुमा चन्द्र भण्डारीको समेत चर्चा भएपनि उनी गुल्मी क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा चुनाव लड्ने तयारीमा छन् ।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ मा प्रदेश सभातर्फ जम्मा २४ सीट छन् जसमा वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रले दाबी गरेको छ । स्थानीय तहको चुनावमा माओवादी केन्द्रले एमाले भन्दा केही कम मात्र स्थानीय तह जीतेको छ । तर उसले आधा सीटमा दाबी गरेको छ भने मुख्यमन्त्रीमा समेत दाबी गरेको छ ।

वाम गठवन्धनका तर्फबाट माओवादीले ६ नम्बर प्रदेशको मुख्यमन्त्री पाएको खण्डमा महेन्द्रबहादुर शाही, जुम्लाका पूर्वसभासद नरेश भण्डारीको नाम पनि चर्चा छ । शाही अहिले उर्जा मन्त्री छन् । नेकपा एमालेको तर्फबाट प्रकाश ज्वाला र सुर्खेतका यामलाल कडेलको समेत चर्चा छ ।

नेपाली कांग्रेसका तर्फबाट ६ नम्बर प्रदेशका लागि पूर्वमन्त्री जीवन बहादुर शाही, तप्पबहादुर विष्ट, कोमल पन्त, भुपेन्द्रजंग शाही लगायतको चर्चा छ ।

प्रदेश नम्बर ७

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको सात नम्बर प्रदेशलाई नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएको छ । वाम गठवन्धनबाट एमालेले दाबी गरेको सात नम्बर प्रदेश एमाले उपाध्यक्ष भीम रावलको प्रदेश हो ।

प्रदेश सभामा ३२ सीट रहेको सात नम्बर प्रदेशबाट वाम गठवन्धनका तर्फबाट कर्णबहादुर थापा र भानुभक्त जोशी मुख्य मन्त्रीका दाबेदार रहेका छन् ।

नेपाली कांग्रेसले भने सात नम्बर प्रदेशमा हेभी वेटका व्यक्तिलाई मुख्य मन्त्री बनाउने तयारी गरेको छ । कांग्रेसले सवै मिलाउन सक्यो भने दिलेन्द्र बडू, रमेश लेखक मुख्य मन्त्रीको उम्मेदवार बन्न सक्छन् । सात नम्बर प्रदेशमा प्रधानमन्त्री देउवाले विशेष चासो दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah