दमक/दमक उद्योग बाणिज्य सघले मोरंगको उर्लाबारीमा रहेको नमुना बाल गृहका बालबालिकाहरुका लागि अत्यआवश्यकीय दैनिक उपभोग्य सामाग्रिहरु प्रदान गरेर बालबालिकाको दैनिकीलाइ सहज बनाउने प्रयास गरेको छ । संघले भवन निर्माणका लागि एकलाख रुपिया उपलब्ध गराउने घोषणा समेत गरेको छ ।
बिहिबार बिहान एक कार्यक्रमबीच संघले एकलाख मूल्य बराबरको चामल, दाल, नुन, चिनि, सेनेटरी प्याड लगायतका दैनिक उपभोग्य र आवश्यकीय सामाग्रिहरु प्रदान गरेको बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए ।

दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यमा भएको सहयोग हस्ताण्तरण कार्यक्रममा बाणिज्य संघका अध्यक्ष ढकालले आफूहरुले सकेको सहयोग अझै गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।
ढकालले बालबालिकाको सम्मुनत भविष्यको कामना गर्दै सबैलाइ सहयोगको आग्रह पनि गरे । बालबालिकाकी अभिभावको रुपमा रहेकी बालगृहकी अध्यक्ष मिना बराललाइ सहयोग हस्ताण्तरण गरिएको थियो ।
नगरपालिकाका उपमेयर गिता अधिकारीले यसरी बालबालिकाहरुलाइ आश्रय दिएर गरेको अनुकरणिय कार्यको प्रशंशा गरेकी थिइन् । उनले आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै यसबाट धेरैले सिक्नु पर्ने उल्लेख गरेकी थिइन् ।
बाणिज्य संघका कार्य समिति सदस्य राजन दंगालले सञ्चालन गरेको कार्यक्रममा दमक वडा नंं १ का वडाध्यक्ष तारा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



