प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताले आगामी मंसिरमा हुने निर्वाचन सम्पन्न गर्न थप प्रतिबद्धता जनाएका छन् । बिहीबार बसेको शीर्ष नेताहरुको बैठकमा उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा मंसिरको चुनाव सार्ने बहाना नझिक्न चेतावनी दिएका थिए ।

अध्यक्षद्वय ओली र दाहालले प्रधानमन्त्री देउवलाई निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद हेरफेर नगर्न समेत सुझाव दिनुभएको श्रोतले बताएको छ ।

एमाले र माओवादीका अध्यक्षहरुले कांग्रेस चुनावबाट भाग्ने बहाना खोजिरहेकोले प्रधानमन्त्रीलाई त्यसबाट हुनसक्ने संवैधानिक र राजनीतिक संकटबारे सचेत गराउने काम भएको श्रोतको दाबी छ ।

अध्यक्ष ओली र दाहालले दिएको सुझावमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले कुनैपनि हालतमा मंसिरको चुनाव तलमाथि नहुने प्रतिबद्धता जनानुभएको बताइएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बन्धित दलको सिफारिसबिना मन्त्री हटाउन नपाइने संवैधानिक व्यवस्था रहेको भन्दै प्रधानमन्त्री देउवाको ध्यानकर्षण समेत गराएका थिए । ओली र दाहालको चेतावनीपछि प्रधानमन्त्री देउवाले चुनाव कुनै पनि हालतमा नसर्ने भन्दै थप आश्वासन दिनुभएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah