एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटका लागि नेताको घरदैलो चहार्न छाडेर जिल्ला फर्कन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

यस पटक टिकट बितरणमा कुनै संझौता हुन्न, प्रत्यक्षतर्फ जित्ने ग्यारेण्टी भएको र जनताले चाहेका ब्यक्तिलाई उम्मेदवार बनाइने छ, तपाईहरु नेताको घरदैलो चहार्न छाडेर तत्कालै जिल्ला फर्कनोस, योग्य हुनुहुन्छ, टिकट पाउनु भयो, तपाईहरु भन्दा अरु योग्य भए उसैलाई उम्मेदवार बनाइन्छ

आगामी मंसीरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा क्षेत्र, जिल्ला, प्रदेश र जनसंगठनबाट सिफारिशमा परी आफूलाई भेटन निवासमा आइपुगेका आकांक्षीलाई चुनावी तयारीका लागि तत्काल जिल्ला फर्कन अध्यक्ष ओलीले निर्देशन दिनुभएको हो ।

झण्डै एक सातादेखि टिकटका लागि दवाव दिँदै भेटन आइपुगेका नेता कार्यकर्तालाई ओलीले आजबाट चुनावी तयारीमा जिल्ला र क्षेत्र फर्कन दिर्नेशन दिनुभएको छ ।

‘यस पटक टिकट बितरणमा कुनै संझौता हुन्न, प्रत्यक्षतर्फ जित्ने ग्यारेण्टी भएको र जनताले चाहेका ब्यक्तिलाई उम्मेदवार बनाइने छ,’ टिकटका आकांक्षी सवै नेता कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईहरु नेताको घरदैलो चहार्न छाडेर तत्कालै जिल्ला फर्कनोस, योग्य हुनुहुन्छ, टिकट पाउनु भयो, तपाईहरु भन्दा अरु योग्य भए उसैलाई उम्मेदवार बनाइन्छ ।’

ओलीले चुनावी तयारी छाडेर काठमाडौं आउने आकांक्षीलाई पहिला जिल्ला र क्षेत्र बनाउने काममा लाग्न पनि निर्देशन दिनुभयो । कसैलाई पनि अन्याय हुन्न, सवैभन्दा योग्यले टिकट पाउँछ, आफूले पाइएन भने म भन्दा योग्यले पायो भनेर चुनाव जिताउन लाग्नोस, जस्ले टिकट पाउँछ, बिना कुनै हिच्किचाहट जिताउन भुमिका खेल्नोस,’ ओलीको भनाई थियो ।

पछिल्लो समय अध्यक्ष ओली निवास बालकोटमा टिकटका आकांक्षी बढन थालेपछि युवा कार्यकर्ताहरुले ब्यवस्थापनमा सघाउने काम गर्दै आएका छन । केही दिनयता दैनिक एक हजार भन्द्या बढीको संख्यामा आकांक्षी बाल्कोट पुग्ने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah