दार्जीलिङः

दार्जीलिङ पहाड़मा आज पुनः हिंसा भड़्किएको छ। अनिश्तितकालीन बन्द खोलिएको १६ औँ दिनपछि आज पुनः दार्जीलिङमा हिंसा भड्किएको हो। गोजमुमो अध्यक्ष विमल गुरुङलाई केन्द्र गर्दै आज दार्जीलिङको वर्नसवेग चिया बगानमा बिहान ५ देखि पुलिसले छापा मार्दै फाइरिङ गरिरहेको खबर प्राप्त भएको थियो। यसै फाइरिङमा परेर एकजना पुलिस अधिकारीको मृत्यु भएको खबर प्राप्त भएको छ। झडपमा मोर्चा कार्यकर्ताको पनि मृत्यु भएको हुनसक्ने अपुष्ट समाचार रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुलिस श्रोतका अनुसार पुलिसले आज बिहान तकभर क्षेत्रमा छापा मारेको थियो। जहाँ अचानक विमल गुरुङ पन्थी कार्यकर्ताहरू अनि पुलिसमाझ झड़प भयो। पुलिस सूत्रअनुसार क्रस फाइरिङमा परेर एकजना पुलिस अधिकारीको मृत्यु भएको छ। मृत्यु हुने पुलिस अधिकारी एसआई अमिताभ मल्लिकको रूपमा चिह्नित भएको छ। घटनामा धेरै घाइते बनेको अनि एउटा सीआरपीएफको बससमेत जलाइएको खबर छ। सूत्रअनुसार अहिले पनि गोलीबारी जारी छ।

विशेष गरी विमल गुरुङलाई केन्द्र गरेर नै यो छापामरी भएको बताइएको छ। किनभने विमल गुरुङविरूद्ध यूए(पी) ए. को मुद्दा दर्ता भइसकेको छ।

अहिलेसम्म कति मोर्चा कार्यकर्ताहरूको मृत्यु भयो भन्नेकुरा आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन। गुरुङले हिजो मात्रै ३० अक्टोबरका दिन आफू सडकमा आउने बताउँदै मर्नपरे जनताअघि नै मर्ने बयान दिएका थिए। यो वयान आएको केटी घण्टा नबित्दै आज पुलिसले छापामारी अभियान चलाएको हो। समाचार लेखेञ्जुलेसम्म झडप जारी रहेको बताइएको छ। खबर म्यग्जिन बाट सभार