काठमाडौं २७ असोज– नेकपा एमाले लगायत दलको बिरोध तथा निर्वाचन आयोगको निर्देशन विपरित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको गृहकार्य गरेका छन् ।
राप्रपाका ४ मन्त्रीलाई सहभागि गराएर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । राप्रपाले अध्यक्ष कमल थापा सहित ४ जनाको नाम मन्त्रीका लागि सिफारिश गरिसकेको उच्च स्रोतको दावी छ ।
प्रधामनन्त्री देउवाले राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्री सहित आकर्षक मन्त्रालय दिन राजी भएका राप्रपा स्रोतको भनाइ छ ।
‘थापा लगायत मन्त्रीका लागि प्रस्तावित नेताहरु प्रधानमन्त्री कार्यालयको फोन कुरेर दिनभर कमल थापासंग छन’ स्रोतले भन्यो ।
राप्रपा अध्यक्ष थापाले चुनावलाई दुर्घटनामा पर्न नदिन राप्रपा सरकारमा सहभागि हुने बताउँदै आएका छन् । कमल थापाका सहयोगी राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले राप्रपा सरकारमा सहभागि हुने कुरा कांग्रेसमा निर्भर गर्ने बताए ।
‘अहिले हामी समानुपातिकको सूची बनाउन बसेका छौ, सफतको कुनै तयारी छैन’ उनले लोकान्तरसंग भने । सरकारमा सहभागि हुन तयारी अबस्थामा बसेको राप्रपाले चुनावमा कांग्रेससंग तालमेल गर्ने सहमति गरिसकेको छ ।
यसअघि बिहीवार तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नगर्ने बताएका थिए । लोकान्तर बाट सभार



