वाम एकता भएको १० दिनमै नयाँ शक्ति पार्टी बाहिरिएको छ । वाम एकता र चुनावी तालमेल घोषणामा सहभागी भएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई अब आफ्नै पार्टीको ‘देब्रे आँखा’ चिन्ह लिएर गोरखा–२बाट चुनाव लड्ने भएका हुन् ।

वाम गठबन्धनको घोषणासँगै एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन लड्ने घोषणा गरेका उनी अन्ततः भागबण्डामा कुरा नमिलेपछि आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भट्टराईले गोर्खा २ बाट चुनाव लड्न चाहेपनि नेकपा माओवादीले असहमति जनाएको थियो। त्यसपछि वाम गठबन्धनबाट बाहिरिएका भट्टराई पार्टीको संघीय सचिवालय बैठकमा आफूले जस्तोसुकै परिस्थितिमा पनि गोर्खा २ बाटै चुनाव लड्ने घोषणा गरेका हुन् ।