प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका खेलेको भन्दै प्रसंशा गरेका छन् ।

रुपान्तरित व्यवस्थापिका संसदको विदाइ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदै राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेकोमा पार्टी र सरकारकातर्फबाट बधाई दिए । प्रधानमन्त्री देउवाले संवैधानिक राष्ट्रपतिलाई उचालेर विवादमा तान्ने एमालेको प्रयास विफल भएको समेत बताएका छन् ।

प्रमुख विपक्षी एमालेले राष्ट्रपतिलाई उचाल्न खोजेकोतर्फ संकेत गर्दै उनले भने, ‘पहिले पहिले राजाहरु उचालिन्थे । राष्ट्रपति उचालिनु भएन । उहाँलाई म उच्च सम्मानसाथ बधाई दिन्छु ।’ संविधानमा मन्त्री परिषद कति सदस्यीय बनाउने भनेर लेखिएको कुरा संक्रमणकालीन अवस्थामा लागू नहुने र अबको निर्वाचनपछि बन्ने सरकारलाई लागू हुने प्रष्ट्याए ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले गरेको सरकार विस्तारको बारेमा आलोचना गरेपछि जवाफ दिदै देउवाले भने, ‘ दुई चार दिनमा मन्त्रीपरिषदको संख्या घटन पनि सक्छ । किन आत्तिनुहुन्छ ? तपाइलाई यसबारेमा वोल्न सुहाउन्न ।’

मन्त्रीपरिषदको विस्तारले चुनावलाई प्रभावित पार्दैन र यो आचार संहिताको विरुद्धमा पनि नभएको प्रमुख निर्वाचन आयुक्तले भनेको कुरालाई स्मरण गराउँदै देउवाले भने, ‘कहिले निर्वाचन आयोग र कहिले राष्ट्रपतिलाई उचाले पनि उचालिएनन । अब धेरै उचाल्ने काम छोड्नुस।’

यस्तै, प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्तले नै मन्त्रिपरिषद विस्तारले निर्वाचनलाई केही असर नगर्ने भनि बताएको सुनाए । प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्त र सभामुख, उपसभामुख, संसदीय समितिका सभापति र सांसदहरुलाई धन्यवाद दिए ।

यस्तै, प्रधानमन्त्री देउवाले काँग्रेसले प्रजातन्त्र र लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता गर्दैन भने । नेपाली काँग्रेस र त्यसको नेताको हैसियतमा आफूले कसैसँग सम्झौता नगर्ने बताए। सात सालअघिदेखि देश र जनताको लागि लडेको पार्टीलाई राष्ट्रियता र लोकतन्त्रको दुहाइ नदिन देउवाले ओलीलाई सचेत पनि गराए।

दुई नम्वर प्रदेशको चुनाव अघी पनि सरकार विस्तार हुँदा चुप रहेका ओलीको अहिलेको प्रतिक्रियालाई देउवाले वेमौषमको प्रतिक्रिया भएको बताए। देउवाले संसदले सुनौला काम मात्र नभई ऐतिहासिक काम गरेको भन्दै अबको अभियान आर्थिक विकास र समृद्धि हो पनि–भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah