सामुदायिक बिद्यालयमा अध्यापनरत देशभरका प्राबिधिक शिक्षकहरु आन्दोलनमा उत्रेकाछन् । प्राविधिक प्रशिक्षकहरुको समस्यालाई समाधान गर्न आबश्यक सरकारले गृहकार्य नगरेको र ऐन शंशोधनमा प्राविधिक शिक्षकहरुलाइ ब्यवस्था गरिएको भन्दै टेक्निकल टिचर एसेसिएसन, नेपालको बैठकले आन्दोलनको चेतावनी दिएको हो ।
शनिबार भएको भेलाले आफूहरुको मागलाइ सम्बोधन गर्नका लागि कानूनी आधार सहित सर्बोच्बमा रिट दायर गर्ने र यदि सरकारले सम्वोधन नगरे प्राविधिक धारमा संलग्न देशभरका प्राबिधिक प्रशिक्षकद्धारा कडा चरणबद्ध आन्दोलनको तयारी गर्न टेक्निकल टिचर एसोसिएसनका अध्यक्ष महेश पौडेलले बताएकाछन् । प्राविधिक शिक्षक संघर्ष समिति गठन गरेर शिक्षकहरु आन्दोलनमा उत्रेको बताईएको छ ।
टेक्निकल टिचर एसोसिएसन प्रदेश नं १ का महासचिब सि.पि. तिम्सिनाका अनुसार बिभिन्न मागहरु राखेर सरकारलाइ अल्टिमेटम दिइएको छ । पहिलो चरणमा आफूहरुको आन्दोलन शान्तिपूर्ण रहने उनले जनाए । सञ्चालन गर्नु भएको थियो । सप्राविधिक शिक्षक संघर्ष समितिले निम्न बमोजिमका मागहरु राखी चरणबद्ध आन्दोलनको निर्णय गरेको छ ।
यस्ताछन् माग र आन्दोलनका कार्यक्रमहरु
प्राविधिक शिक्षक संघर्ष समितिका मागहरु
१. सामुदायिक विद्यालयमा २०७० को शैक्षिक सत्रवाट अध्ययापनरत प्राविधिक करार शिक्षकहरुलाई मौलिक हकको धारा १८ को उपधारा १ र धारा ३३ को उपधारा १ बमोजिम भेदभाव रहित रोजगारीका लागि समान विज्ञापनमा समावेश गरिनु पर्ने ।
२. कोहि शिक्षकहरुलाई आन्तरिक परिक्षामा सामेल भएर अनुत्तिर्ण भएर पनि गोल्डेन हेण्डसेकको व्यवस्था गर्ने तर २०७० को शैक्षिक सत्रवाट अध्ययापनरत प्राविधिक शिक्षक पनि विद्यालय वाट मन्त्रालयको दरवन्दीको आधारमा प्राविधिक शिक्षा सञ्चालनका लागि विज्ञापन भई जिल्ला शिक्षाको मातहतमा विज्ञहरुवाट उम्मेदवारलाई प्रतिस्पर्धा (लिखित , प्रयोगात्मक , अन्तरवार्ता) मार्फत नियुक्ति भएता पनि शिक्षा ऐनमा आन्तरिक प्रतिस्पर्धा वाट वञ्चित गरिएकोले २०७० साल पछि शिक्षा ऐन नवौं संशोधन मिति सम्मका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययापन गराउने प्राविधिक करार शिक्षकहरुलाई स्थाई गराउनु पर्ने ।
३. नियुक्ति भएका शिक्षकहरुलाई समानता र हाल लाइसेन्स लिई भविष्यमा शिक्षक बन्न चाहनेहरुलाई उपयुक्त तरिकाले प्रतिशत निर्धारण गरि आन्तरिक र खुल्ला विज्ञापन गर्नु पर्ने ।
४. हाल अध्यापनरत प्राविधिक शिक्षकहरुको स्थाईकरणको ब्यबस्था पश्चात मात्र शिक्षा मन्त्रालय , शिक्षा विभागले प्रत्येक स्थानिय ७४४ बटा क्षेत्रमा प्राबिधिक विदलयको स्बिकृती दिने तयारी गनुपर्ने ।
५. शिक्षकहरुको माग सम्बोधन हुने क्रममा २०७३÷१२÷१९ गते सम्म नियुक्ति भएका सबै खालका करार शिक्षकहरुलाई आन्तरिकमा समावेश गराउने मन्त्रीपरिषदको प्रस्तावमा उल्लेख गरेतापनि अन्तिम समयमा सहमतिको नाममा आन्तरिकको कोटा ४९ प्रतिशतवाट बढाएर ७५ प्रतिशत पुर्याउदा सम्म पनि २०७० देखि अध्यापनरत करिब २००० प्राविधिक शिक्षकहरुलाई ठूलो अन्याय गरेको हुँदा हाम्रो माग सम्बोधन गर्न अनुरोध गर्दछौ । राज्यले उक्त कुरा वेवास्ता गरेमा हामी चरणवद्ध चरम आन्दोलन घोषणा गर्न वाध्य हुनेछौं ।
आन्दोलनका कार्यक्रमहरु ः
१. शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाउने (गरिएको) ।
२. प्रादेशिक पत्रकार सम्मेलन र केन्द्रिय स्तरमा पत्रकार सम्मेलन गरि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने ( हाल जारी) ।
३.शिक्षा एन नवौं संशोधनमा प्राविधिक शिक्षकहरुलाई समावेश नगरेको हुँदा सर्वोच्च अदालतमा रिट दायर गर्ने ।
४. स्रोत कार्यलय, जिल्ला शिक्षा कार्यलय, शिक्षा विभाग, उच्च शिक्षा आयोग , शिक्षाराज्य मन्त्री , शिक्षा मन्त्रालय लगायत सम्पूर्ण शैक्षिक क्षेत्रसँग सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाउने ।
५. पहिलो चरणमा प्राविधिक विषय अध्यापन गराउने विदलयहरुमा पठनपाठन ठप्प पारि सम्पूर्ण देशभरीमा भएका प्राविधिक शिक्षकहरुद्वारा शिक्षा मन्त्रालयमा धर्ना दिने ।
६. आमरण अंनशन वस्ने र क्रमशः अन्य सम्पूर्ण सरकारी विदलयहरुमा पठनपाठन ठप्प पारिने ।



