शैलेन्द्र महतो

जनकपुर, असोज २८ – धनुषामा सुतेको बेला आमाको काखबाट चोरी भएको ७ महिने बच्चा १६ दिनपछि फेला परेको छ । बच्चा किन्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको कमलामाई नगरपालिका–३ पर्सा बस्ने महेन्द्र यादवका ७ महिने छोरा सुमन  असोज १२ गते राति १२ बजेतिर हराएका थिए । दसैँको अष्टमिको रातमा ३ छोरी र दुधे बालकसंगै गर्मी छल्न घरको छतमा सुतेकी यादवकी श्रीमती सुनितादेवीको काखबाट बच्चा वेपत्ता भएको थियो । राति १२ बजे बच्चा लिएर सुतेकी सुनिता १ बजे ब्युँझिदा बच्चा गाएब भएको थियो । त्यस लगत्तै परिवारले स्थानीय ईलाका प्रहरी खजुरीलाई जानकारी गराएको थियो ।

परिवारजन र प्रहरीको व्यापक खोजीपछि वेपत्ता बच्चा १६ दिनपछि  शनिबार सिरहाको लक्ष्मीपुरनगरपालिका–३ मा भेटिएको छ । स्थानीय  धनेश्वर साहको घरबाट बच्चा भेटिएको हो । धनेश्वर अहिले वैदेशिक रोजगारमा बाहिर छन् । धनेश्वरकी श्रीमती लिला साहले बच्चा ६ लाख रुपैयाँमा किनेको बताएकी छन् । उनले बच्चा महेन्द्र यादवकै छिमेकी विरेन्द्र यादवले ६ लाखमा बेचेको बताएकी छन् । बच्चा किन्ने लिलाको ४ जना छोरी छन् । छोरा नभएको कारण आफूले छोरा किनेको उनले बताएकी छन् । बच्चा किन्ने लिलालाई प्रहरीले पक्राउ गरेको छ ।

यता इलाका प्रहरी कार्यालय खजूरीका प्रहरी निरीक्षक ओम अधिकारीले बच्चा फेला परे तापनि त्यही बच्च हो वा होइन भन्ने एकीन नभएको र अनुसन्धान जारी रहेको बताउनुभयो । तर विश्वस्त श्रोतका अनुसार फेला परेको बच्चा वेपत्ता भएकै बच्चा रहेको छ ।  बच्चा बेपत्ता हुँदा महेन्द्रका घरपरिवार शोकमा डुबेका थिए । बच्चाका बुबा महेन्द्र यादव वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।

-उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah