श्री शाके १९३९ बि. स. २०७४ साल आश्विन २९ गते आईतबार इश्वी सन २०१७ अक्टोबर १५ तारीख कार्तिक कृष्ण पक्ष एकादशी तिथी चन्दमा कर्कट राशिमा प्रातः ०८: ४७ बजे सम्म पश्चात सिंह राशिमा सूर्य दक्षीणायन शरद ऋतु, रमा एकादशीव्रत ग्रामीण महिला दिवस – ज्यो. प. सरोज घिमिरे ।

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सन्तानको निम्ती सामान्य खर्च गर्नु पर्ने सम्भाबना रहेको छ । मनोरञ्जनका निम्ती अधिक समय खर्चनु पर्ने योग रहेकोछ । बौधिक ब्यत्तित्व हरुको सामु आफुकमजोर भएको महसुस हुन सक्नेछ । कार्य क्षेत्रमा लगाईएको लगन सिलता अनुरुप आम्दानि प्राप्त रहानले मन प्रशन्न रहनेछ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारिवारिक झोरझमेलाको सामना गर्नु पर्ने समय रहेकोछ । सवारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधान रहनु उत्तम रहनेछ । सामाजिक कार्यका क्षेत्रमा अग्रसर नरहेकै बेश रहनेछ । सामान्य कार्यका निम्ती अधिक समय ब्यतित हुनाले कार्यको प्रतिफलमा ढिलाई हुनसक्छ ।

मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ मित्र प्राप्तीको समय रहेकोछ साथै मित्रजन हरुको साथ सहयोग द्वारा अधुराकार्यहरु बन्ने सम्भाबना रहेको छ । मनोरञ्जन पुर्ण यात्राको योग रहनेछ । कार्य सम्पादनको श्रेय तपाईलाई सहजापुर्ण प्राप्त रहनाले मन हर्षित रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले सजग रहनु होला ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामान्य बादबिवादको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले कार्यसम्पादनमा झन्झट पैदा हुनेछ । खानपानको खराबिले स्वास्थ सम्बन्धी समस्या उत्पन्न हुन सक्नेछ । अध्यान अध्यापनमा अधिक समय खर्चनु राम्रो हुनेछ । धार्मिक यात्राको सम्भाबना रहेको छ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहि निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गनुपर्नेछ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । स्वस्थ तथा खानपानको क्षेत्रमा बिशेष साबधान रहनु होला ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । नयाँ लगानि जन्य कार्यको थालनि नगनू होला ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते

आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुने योग रहेको छ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

मान्यजनहरुको साथसहयोले कार्य सहज हुनेछ । सामाजिक कार्यमा बिशेष फाईदा हुनेछ । बौधिक ब्यक्तित्व हरु सगँको भेटघाट फाईदा मुलक रहनेछ । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ । मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । नयाँ कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिस्पर्धामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला ।

-पानाखबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah