बाम गठबन्धनमा आबद्ध हुँदै सूर्य चिन्हबाट निर्वाचन उठ्ने तयारी गरेका बाबुराम भट्टराई गठबन्धनबाट बाहिरिएर नेपाली कांग्रेससँग नजिक हुन थालेका छन् ।

जसरी भए पनि गोरखा–२ बाट उठ्ने तयारी गरेका बाबुरामले आफ्नै पार्टीको देब्रे आँखा चिन्ह लिएर निर्वाचनमा जाने जनाइसकेका छन् । बाम गठबन्धनबाट भने उनी सूर्य चिन्ह नै लिन तयार भएका थिए । तर गोरखा–२ नम्बर क्षेत्र उनलाई दिन माओवादी नमानेपछि गठबन्धनबाट बाहिरिएका हुन् ।

गोरखाकै क्षेत्र नं. १ मा कांग्रेसलाई सघाउने र २ बाट कांग्रेसले आफूलाई सघाउने सहमति भए तालमेल गर्ने नयाँ शक्तिको तयारी छ ।

ad
नयाँ शक्तिका प्रवक्ता केशव दाहालले गोरखामा कांग्रेससँग तालमेल हुने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेससँग तालमेल नजिक रहे पनि निष्कर्षमा पुग्न भने बाँकी रहेको बताए । अन्य ठाउँमा पनि तालमेलको प्रयास हुने उनले जनाए ।

कांग्रेस पनि गोरखामा एउटा क्षेत्र बाबुरामलाई दिएर तालमेल गर्न सकारात्मक रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah