काठमाडौं : पाँच लाख घुससहित बालाजु प्रहरीको घुमुवा प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट पक्राउ घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बालाजु वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नविनकृष्ण भण्डारीलाई तानेको छ।
भाटले अख्तियारसँगको बयानमा डीएसपी भण्डारीको संलग्नता खुलाएपछि थप अनुसन्धानका लागि भण्डारी पक्राउ गरी अख्तियार पुर्याइएको हो। अख्तियार स्रोतका अनुसार भण्डारीलाई पक्राउ पुर्जी बिना पक्राउ परेका हुन्। अख्तियारले भण्डारीलाई पक्राउ पुर्जी थमाउने तयारी गरेको छ। अन्नपूर्ण पोस्ट बाट सभार