काठमाण्डौ । बाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपाली कांग्रेससँग तालमेलका लागि बहस सुुरु गरेका छन् । बाम गठबन्धनमा रहँदा गोरखा–२ बाट उठ्ने विषयमा विवाद परेपछि नयाँ शक्ति पार्टी गठबन्धनबाटै बाहिरिएको थियो । त्यहाँबाट बाहिरिएलगत्तै नयाँ शक्तिले नेपाली कांग्रेससँग चुनावी तालमलेका लागि कुराकानी सुरु गरेको छ ।
संयोजक भट्टराईले त्यसका लागि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भेटवार्ता गरेका छन् । भेटमा चुनावी तालमेल बनाउने विषयमा गम्भीर छलफल भएको र सभापति देउवा सकारात्मक देखिएका थिए । संयोजक भट्टराईले गोरखा–२ मा कांग्रेससँग चुनावी तालमेल गर्ने प्रस्ताव समेत राखेका थिए । प्रधानमन्त्री देउवाले सकारात्मक जवाफ दिएपछि भट्टराई खुसी भएर फर्किएका छन् ।
बाम गठबन्धनमा हुँदा गोरखा–२ बाट चुनाव लड्न प्रस्ताव राखेका भट्टराईलाई माओवादी केन्द्रले त्यहाँबाट उम्मेद्वारी दिनका लागि समर्थन गर्न नसकिने बताएपछि उनी भाँडिएका थिए । गोरखा–२ बाट माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उठ्ने तयारी गरिरहेका छन् ।
यता, नयाँ शक्तिले कांग्रेससँग तालमेल गर्यो भने माओवादीका लागि त्यो क्षेत्रमा निकै गाह्रो हुनेछ, किनभने त्यो क्षेत्रमा यअसघिको चुनाव कांग्रेसले जितेको थियो । यसअघि पनि माओवादी र नयाँ शक्तिबीचको विवादमा कांग्रेसले फाइदा लिएको थियो ।
अहिले भने नयाँ शक्ति र नेपाली कांग्रेस मिल्दा माओवादीलाई निकै गाह्रो हुनसक्ने जानकारहरु बताउँछन् । सो क्षेत्र नेपाली कांग्रेसकी नेतृ कमला पन्तको क्षेत्र भएकोले कांग्रेस र नयाँ शक्तिबीच हुने तालमेलबारे उनीसँग समेत सल्लाह लिनुपर्ने देखिएको एक कांग्रेस नेताले बताए । छलफलमा खबर रहेको छ ।
काठमाण्डौ । बाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपाली कांग्रेससँग तालमेलका लागि बहस सुुरु गरेका छन् । बाम गठबन्धनमा रहँदा गोरखा–२ बाट उठ्ने विषयमा विवाद परेपछि नयाँ शक्ति पार्टी गठबन्धनबाटै बाहिरिएको थियो । त्यहाँबाट बाहिरिएलगत्तै नयाँ शक्तिले नेपाली कांग्रेससँग चुनावी तालमलेका लागि कुराकानी सुरु गरेको छ ।
संयोजक भट्टराईले त्यसका लागि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भेटवार्ता गरेका छन् । भेटमा चुनावी तालमेल बनाउने विषयमा गम्भीर छलफल भएको र सभापति देउवा सकारात्मक देखिएका थिए । संयोजक भट्टराईले गोरखा–२ मा कांग्रेससँग चुनावी तालमेल गर्ने प्रस्ताव समेत राखेका थिए । प्रधानमन्त्री देउवाले सकारात्मक जवाफ दिएपछि भट्टराई खुसी भएर फर्किएका छन् ।
बाम गठबन्धनमा हुँदा गोरखा–२ बाट चुनाव लड्न प्रस्ताव राखेका भट्टराईलाई माओवादी केन्द्रले त्यहाँबाट उम्मेद्वारी दिनका लागि समर्थन गर्न नसकिने बताएपछि उनी भाँडिएका थिए । गोरखा–२ बाट माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उठ्ने तयारी गरिरहेका छन् ।
यता, नयाँ शक्तिले कांग्रेससँग तालमेल गर्यो भने माओवादीका लागि त्यो क्षेत्रमा निकै गाह्रो हुनेछ, किनभने त्यो क्षेत्रमा यअसघिको चुनाव कांग्रेसले जितेको थियो । यसअघि पनि माओवादी र नयाँ शक्तिबीचको विवादमा कांग्रेसले फाइदा लिएको थियो ।
अहिले भने नयाँ शक्ति र नेपाली कांग्रेस मिल्दा माओवादीलाई निकै गाह्रो हुनसक्ने जानकारहरु बताउँछन् । सो क्षेत्र नेपाली कांग्रेसकी नेतृ कमला पन्तको क्षेत्र भएकोले कांग्रेस र नयाँ शक्तिबीच हुने तालमेलबारे उनीसँग समेत सल्लाह लिनुपर्ने देखिएको एक कांग्रेस नेताले बताए ।