काठमाडौं, २९ असोज – चुनावी तालमेल गर्दै एकतामा अघि बढेका दुई बाम पार्टी एमाले र माओवादी केन्द्रले नेपाल र भारतबीचको सन १९५० को शान्ति तथा मैत्री सन्धि खारेज गरी पञ्चशीलका आधारमा नयाँ सन्धि गरिने घोषणा गरेका छन् ।

दुबै पार्टीका संयुक्त चुनावी घोषणापत्र मस्यौदा समितिले तयार पारेको निर्वाचन घोषणापत्रमा ‘स्वतन्त्र र सन्तुलित अन्तराष्ट्रिय सम्बन्ध’ शिर्षकको अन्तिम बुँदामा सन १९५० को सन्धि खारेज गरी नयाँ गर्ने उल्लेख छ ।

नेपाल र भारतबीच सन १९५० को सन्धि लगायतका सन्धि र सम्झौतालाई अध्ययन गरी उपयुक्त सुझाव दिन गठित ईमिनेन्ट पर्सन्स ग्रुप (ईपीजी) ले उक्त सन्धिको दफाबार छलफल गरिरहेका बेला दुई कम्युनिष्ट पार्टीले खारेज गर्ने निश्कर्ष निकालेका हुन् । ईपीजीका पाँच वटा बैठक सम्पन्न भइसकेका छन् ।

‘सन १९५० लगायत सबै असमान सन्धि र सम्झौता खारेज गरी पञ्चशीलको आधारमा नयाँ सन्धि गरिने छ’ घोषणापत्रमा भनिएको छ,‘सीमा समस्याको समाधान र सीमा–नाकाहरुको व्यवस्थापनका लागि लागि कूटनीतिक पहल अगाडि बढाइने छ ।’

३१  पृष्ठ लामो घोषणापत्रमा नेपालले स्वतन्त्र र सन्तुलित अन्तराष्ट्रिय सम्बन्ध कायम गर्ने भन्दै त्यसका लागि चार नीति अख्तियार गरिने उल्लेख छ । बिदेश नीतिको पहिलो बुँदामा  विश्वशान्ति, मानवता, सद्भाव र मैत्रीपूर्ण सम्वन्धलाई विस्तार गर्दै नेपालको विकास र नेपाली जनताको समृद्धिमा योगदान पु¥याउने गरी अन्तराष्ट्रिय सम्वन्ध र परराष्ट्र नीतिलाई व्यवस्थित गरिने उल्लेख छ ।

त्यसैगरि, राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवम् सबै मित्र राष्ट्रहरुसँग सुमधुर सम्बन्ध कायम गरिनेलाई दोश्रो प्राथमिकतामा राखिएको छ ।  तेश्रोमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामलामा बाह््य हस्तक्षेपलाई अस्वीकार  गरिने र हीनताबोध र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गरिने बताइएको छ । चक्रपथमा खबर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah