भरतपुर, ३० असोज । आगामी प्रतिनिधिसभाको निर्वाचनमा चितवनवाट चुनाव लड्ने तयारीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टीका नेता रामबहादुर थापा ‘बादल’ले यसै जिल्लामा चाहाना राखेपछि असहजता भएको छ ।दैनिक नेपालमा खबर रहेको छ।

स्थानिय तहको निर्वाचनमा चितवनमा सबैभन्दा बढी मत पाएको नेकपा एमालेलाई तीन क्षेत्रमध्ये दुई क्षेत्र छाड्न माओवादी केन्द्रले आनाकानी गरेपछि एमालेका स्थानीय नेता कार्यकर्ता रुष्ट बनेका छन् । वाम गठवन्धनवाटै उम्मेदवार वन्न लागेका माओवादी अध्यक्ष प्रचण्डलाई एमालेका स्थानीय नेता कार्यकर्ताको असन्तुष्टिले जीत हासिल गर्न कठिन परिस्थिती छ ।

चितवनको क्षेत्र नम्वर–३ बाट प्रचण्ड उम्मेदवार वन्ने तयारीमा छन् । तर, अर्का नेता बादलले पनि क्षेत्र नम्वर २ वाट चुनाव लड्ने चाहाना गरेपछि एमाले चितवनका नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको छ ।

क्षेत्र नम्वर २ वाट एमालेले चितवनका वर्तमान अध्यक्ष कृष्णभक्त पोखरेललाई उम्मेदवार वनाउने सर्वसम्मत निर्णय गरेको थियो । पोखरेल जिल्लामा लोकप्रिय छन् । उनको नेतृत्वमा एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा राम्रो नतिजा निकालेको थियो ।

वादलले अडान लिईरहदा यस्को प्रत्यक्ष मार प्रचण्डलाई पर्ने देखिएको छ । चितवनका वाम वुद्धिजीवी प्राध्यापक रमाकान्त सापकोटाले वाम गठवन्धनले सुखद परिणाम प्राप्त गर्न एमालेले दुई वटा र माओवादी केन्द्रले एउटा क्षेत्रमा उम्मेदवार अघि सार्नु उपयुक्त हुने बताउनुभयो । “भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचन, नेताहरुको क्रियाशिलता र जनमत सवैकुरालाई ख्याल गर्दा एमालेले दुई र माओवादी केन्द्रले एउटा क्षेत्रमा उम्मेदवारी दिदाँ बस्तुपरक हुन्छ नत्र प्रचण्डलाई नै खतरा हुनसक्छ,” सापकोटाले भन्नुभयो ।

भरतपुर महानगरको निर्वाचनको तितो सत्य पनि ताजै छ । महानगरको मतपत्र च्यातिएको घटनापछि जिल्लामा एमाले र माओवादी नेता कार्यकर्ताबीच सम्वन्ध तिक्त भएको थियो । त्यसमाथि चितवनको क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेललाई अगाडि नसारी माओवादी केन्द्रका रामवहादुर थापा बादललाई अघि सारिए एमाले जिल्लाका नेता कार्यकर्ता निरुत्साहित हुने त्यसको प्रत्यक्ष असर प्रचण्डलाई पुग्न सक्ने चितवन जिल्ला अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष जगन्नाथ भण्डारीको विश्लेषण छ । भण्डारी भन्नुहुन्छ, “केन्द्रमा भनिएको ६०÷४० को भागवण्डा र जिल्लाको बस्तुगत अवस्थाले पनि माओवादी केन्द्रले दुईवटा निर्वाचन क्षेत्रमा दावा गर्न सुहाँउदैन, केन्द्रिय अध्यक्ष प्रचण्ड नै अर्को क्षेत्रवाट लड्ने अवस्थामा वादलजीलाई अरु नै विकल्पमा ब्यबस्थापन गर्नु वुद्धिमत्ता देखिन्छ ।”

चितवनमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्वर एकमा एमालेका सुरेन्द्र पाण्डे उमेदवार बन्दैछन् । क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उमेदवार बन्दैछन् । क्षेत्र नम्वर २ मा एमालेले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र माओवादी केन्द्रले रामवहादुर थापा वादललाई अघि सारेको छ ।

क्षेत्र नम्वर २ मा दुवै पार्टीको दावा छ । क्षेत्र नम्वर २ मा कालिका नगरपालिका, ईच्छाकामना गाँउपालिका र भरतपुर २९, १, २, ३ , ४, ५,७, १०, ११, १२ नम्वर वडा छन् । जस्मध्ये कालिका नगरमा मेयर उपमेयर सहित अधिकाँश वडा एमालेले, ईच्छाकामनाका अध्यक्ष उपाध्यक्ष र ३ वटा वडामा काँग्रेस र ३ वटा वडामा एमाले, भरतपुरको २९, २, ४, ५, ७, १०, ११ र १२ मा भारी मतान्तरले एमाले विजयी भएको थियो ।

माओवादी केन्द्रका उम्मेदवारले ईच्छाकामना गाँउपालिकाको एउटा वडामा वाहेक सबै ठाँउमा लजास्पद हार वेहोरेका थिए । कालिका नगरपालिकामा माओवादी केन्द्र निल भएको थियो । यस क्षेत्रमा जनमतका हिसावले एमाले पहिलो, काँग्रेस दोश्रो र तेश्रोमा माके निकै कम मतका साथमा छ । स्थानीय तहको निर्वाचन परिणाममा यस क्षेत्र नम्वर २ मा माओवादी केन्द्रभन्दा भण्डै १२ हजार मतले एमाले अगाडी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah