महागुरु तथा राष्ट्रिय बिभूति फाल्गुनन्द लिङदेनले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै दमक नगरपालिकाले कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन नगरपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दूइ बर्ष अघि कार्तिक २५ गते किरातीहरुलाइ सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको थियो ।

सरकारले किरातीहरुलाइमात्र सार्वजनिक बिदा दिने निर्णय गरेकोमा दमक नगरपालिकाले सो दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सो दिन दमकका सबै सरकार कार्यालय तथा बिद्यालयहरु बन्द हुनेछन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बिशेष प्रस्तावको रुपमा यसलाइ ल्याएपछि सर्वसम्मत रुपमा पास भएको थियो ।

जन्म : वि.सं. १९४२ कात्तिक २५ गते आइतबार (इलाम जिल्ला, इभाङ गाविस, चुक्चिनाम्बा।
नाम : नरधोज, फलामसिं र फाल्गुनन्द।
उपनाम : ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, मुहिङगुम अङसीमाङ।
ज्ञान प्राप्त : ८ वर्षको उमेरमा (जितपुर ८, खत्रक्पा खोल्सी, माईखोला किनार)
जीवनशैली : आजीवन ब्रम्हचारी, महिलाको भेषभूषा र गहनामा सज्जित, कम बोल्ने, मसिनो स्वर, शाकाहारी भोजन, हिँडीरहने, सादा जीवन।
देहत्याग : वि.सं. २००५ चैत २२ गते सोमबार (हाङयक, पान्थर)
सतगत र समाधिस्थल : सिलौटी, पान्थर।

मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनका प्रमुख कार्यहरु

  • सिन्चेई फक्ताङलुङ (कुम्भकर्ण हिमश्रृंखला) लाई किरात धर्मावलम्बीहरुको तीर्थभूमि र मुक्तिभूमिको रुपमा ढोका खुला,
  • वि.सं. १९८८ बैसाक २४ गते १० लिम्बुवान १७ थुमका किरातीहरुलाई बोलाई वृहत चुम्लुङ गरि तत्कालीन समाजका विकृतिलाई हटाउन सत्यधर्म मुचुल्का खडा,
  • छरपष्टिएको साम्जीक मुन्धुमलाई संहिताकरण,
  • लोप हुने अवस्थामा भएको किरात लिपिको प्रचार प्रसार,
  • विभिन्न स्थानमा माङहिमहरुको स्थापना,
  • पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्नेजस्ता चामत्कारिक कार्यहरु।

मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनप्रति सरकारले गरेको सम्मान

  • महागुरु फाल्गुनन्दको नाममा रु. १५/– को हुलाक टिकट,
  • महागुरु फाल्गुनन्दको नाममा नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनी,
  • दमकदेखि माङसेबुङ, रवीहुँदै रााके जोड्ने सडकलाई फाल्गुनन्द मार्ग नामाकरण,
  • महागुरु फाल्गुनन्दको नाममा राष्ट्रिय विभूति घोषणा,
  • महागुरु फाल्गुनन्द जयन्तीको नाममा सार्वजनिक बिदा।

अलङ्कार, आभूषण, विशेषण

  • छरपष्टिएको अनि दिशाविहिन भएको किरात धर्म दर्शनलाई मार्गदर्शन गर्नु भएका कारण वहाँ किरात धर्म दर्शनदाता।
  • तत्कालिन समाजमा व्याप्त विकृतिलाई हटाउन सत्यधर्म मुचुल्का खडा गरी त्यसलाई पालन गर्न गराउन पहल गर्नु भएकोले महान् समाज सुधारक।
  • जनसांख्यिक तथ्याङ्क अनुसार मुलुकको चौथो धर्मको सबैभन्दा पूज्य व्यक्ति, वहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त एवं वहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जीवनभर गर्नुभएको कार्यका कारण सरकारले दिएको राष्ट्रिय सम्मान हो, राष्ट्रिय विभूति।
  • किरात धार्मिक इतिहासमा विभिन्न देवअवतारी व्यक्तिहरुको जन्म भइरहन्छ, सोही क्रममा वहाँ अवतरित हुनु भएकोले मुन्धुमी भाषामा मुहिङगुम अङसीमाङ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah