काठमाण्डौ । आगामी मंसिरमा हुने निर्वाचनका लागि छुट्याइएको समानूपातिक उम्मेद्वारहरुको सूचीप्रति नेकपा एमालेमा विवाद चुलिएको छ । आइतबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले समानूपातिकतर्फको सूची तय गर्न नसकेपछि विवादकै बीचमा बन्दसुची निर्वाचन आयोगमा दर्ता गरेको छ ।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा समानूपातिक सूचीलाई लिएर अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुबीच चर्काचर्की भएको श्रोतको दाबी छ । समानूपातिक सुचीमा अध्यक्ष ओली पक्षले आफ्नो हालीमुहाली गर्न खोजेको आरोप नेपाल पक्षले लगाएको छ भने आफुहरुले त्यसो गर्न नखोजेको अध्यक्ष ओली पक्षको भनाई छ ।

करिब ७ घण्टा लामो बैठकमा समेत कुरा मिल्न नसकेपछि पार्टीले आफ्नै ढंगले आयोगमा सूची बुझाएको श्रोतको दाबी छ । निकै लामो समयसम्म बसेको स्थायी कमिटीको बैठकमा कुरा नमिलेपछि बरिष्ठ नेता नेपाल असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएका थिए ।

उनले आफुहरुले यो बन्दसुची मान्न नसक्ने  र यो पार्टीको आधिकारिक सुची हुन नसक्ने भन्दै बिमत्ति राखेको बैठकमा सहभागी एक नेताले बताए । निकैबेर सम्मको बैठकमा कुरा मिल्न नसकेपछि बरिष्ठ नेता नेपाल जुरुक्क उठेर हिडेका थिए । नेता नेपाल हिडेपछि पार्टीले समानुपातिक सुचीमा सहमति अनुसारका नामहरु नराखी त्यतिक्कै नामहरु पठाइएको बताइएको छ ।

श्रोतका अनुसार आइतबार राती निर्वाचन आयोगमा बुझाइएको समानूपातिक सुची मंगलबार बस्ने स्थायी समिति बैठकले हेरफेर गर्ने तयारी गरिरहेको छ । एमालेले आइतबार राती संघका लागि १ सय १० र प्रदेशसभाका लागि २ सय २० जनाको बन्दसुची निर्वाचन आयोगमा बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah