काठमाडाैं । दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरूले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको बयान दिएका छन् ।

प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष रहेका तामाङ आसन्न निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् ।

महानगरीय अपराध महाशाखाले उनलाई स्वयम्भूको सानोभर्‍याङस्थित घरबाटै पक्राउ गरेको हो । ‘तस्करीमा उनको संलग्नता प्रस्ट भएपछि पक्राउ गरेका हौँ,’ महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘उनले सुन कसरी पास गराएका थिए भन्ने अनुसन्धान भइरहेको छ ।’ चालक र पक्राउ परेका सुन पसलेहरूले उनको नाम पोलेको स्रोत बताउँछ ।

चिनियाँ भागे, चालक हिरासतमा

८८ केजी सुन तस्करीका नाइके चिनियाँ दम्पती पेन वेइमिङ र उनकी श्रीमती याङ केरुङ नाका हुँदै भागेका छन् । नेताहरूसँग समेत उनीहरूको सम्बन्ध भएकाले कुनै ठूलै व्यक्तिको गाडीमा उनीहरू भागेको आशंका गरिएको छ । तर, उनीहरू कसरी भागे भन्नेमा सुरक्षा निकायले अनुसन्धानमा चासो दिएको छैन । दुवैबारे रसुवा अध्यागमनमा समेत कुनै रेकर्ड राखिएको छैन ।

चिनियाँसँग मिलेर तस्करी गर्ने काठमाडौंका सुन पसलेहरू पनि पक्राउ परिसकेका छन् । गत ३ असोजमा प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको हो । उनीहरू लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ । नरदेवीमा रबिस्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडू, ओटुमा सुनचाँदीका गहना व्यवसायी नन्दकुमार मर्गले र दिनकर सालुखे, बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य पक्राउ परेका हुन् । अग्रवाल र बडू चिनियाँ व्यवसायीका साझेदार हुन् ।

८८ किलो सुन प्रकरण: कांग्रेस नेता तामाङ पक्राउ

गत १९ भदौमा महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीमा सहयोग पुर्‍याएको आरोपमा तीनजना चालकसमेत पक्राउ परेका छन् । पक्राउ परेकालाई संगठित अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । प्रहरीले १९ भदौमा ८८ केजी सुनसहित क्षेत्रपाटीबाट मनोज अधिकारीलाई पक्राउ गरेको थियो । उनलाई बा.१७ च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पुर्‍याउन लगाइएको थियो । सोही गाडी रसुवागढी नाकामा सीमा वारपार गर्ने दाम्पा तामाङ र दिलीप खड्का अहिले प्रहरी हिरासतमा छन् । तामाङ र खड्का रसुवामा एक हजार रुपैयाँ लिएर गाडी वारपार गर्ने व्यक्ति हुन् ।

सशस्त्रका हवल्दारले चलाएका थिए गाडी

तामाङको प्रहरी अधिकारीहरूसँग घनिष्ट सम्बन्ध थियो । रसुवाबाट पक्राउ परेका दुई चालकले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका एक हवल्दारले नै सो गाडी चलाएर नाका कटाएको बयान दिएका छन् । तर, प्रहरीले ती हवल्दारलाई पक्राउ गर्न चासो दिएको छैन । स्रोतका अनुसार सशस्त्र प्रहरीका हाकिमलाई सेटिङ मिलाएर तामाङले तिनै हवल्दारलाई गाडी चलाउन लगाएका थिए । सशस्त्र प्रहरीले नै चलाएको गाडी भएपछि चेकिङ नहुने भएकाले उनलाई चलाउन लगाइएको थियो । सो गाडीमा भिआइपी लोगोसमेत राखिएको थियो । एसएसपी लोहनीले नाकाबाट सुन पास गराउनेहरू अनुसन्धानमै रहेको बताए ।

पक्राउ परेका तामाङले सीमा सुरक्षा बल रसुवामा कार्यरत सशस्त्र प्रहरीका डिएसपी प्रकाशराज वाग्ले आफ्नो साथी भएको बताउने गरेका छन् । उनको धेरै प्रहरी अधिकारीसँग निकटतम सम्बन्ध देखिएको छ । ‘उनी सुन तस्करीमा संलग्न चिनियाँ व्यापारीका विश्वासपात्र व्यक्ति हुन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘व्यापार संघको अध्यक्षको आवरणमा उनको काम नै सेटिङ मिलाउने हो ।’ उनले पटक–पटक सुन पास गराउँदै आएको सूचना प्रहरीसँग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah