माओवादी केन्द्रले निर्वाचन सार्ने षडयन्त्र भएको दाबी गर्दै तत्कालका लागि सरकारबाट नबाहिरिने निर्णय गरेको छ । निर्वाचन आयोगबाट आफुहरुलाई मिति सार्ने तयारी भएको सूचना आएपछि सरकारबाट बाहिर नजाने निर्णय भएको माओवादी नेता समेत रहेका गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

‘सरकारबाट बाहिरिनका लागि विज्ञप्तिको ड्राफ्ट तयार हुँदै थियो । तर, निर्वाचन आयोगबाट चुनाव सार्ने तयारी भएको खबर आएपछि हामीले त्यो ड्राफ्टलाई च्यातेर सरकारमा रहने निर्णय गरेका हौँ,’ उनले भने, ‘निर्वाचन हुने सुनिश्चित भए भर्खर छोड्न तयार छौं।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सरकारबाट बाहिरने पार्टी अध्यक्षले विज्ञप्ती बनाउँदा बनाउँदै निर्वाचन सार्ने सूचना आएको बताए । त्यही भएर सरकारबाट हट्ने कुरा अहिलेलाई स्थगित भएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन सार्ने सूचना प्राप्त भएपछि यस्तो कदम लिइएको बताए । उनले निर्वाचनको सुनिश्चता आफुहरुको मुख्य ध्यान भएको बताए । यसअघि, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि हाललाई माओवादीले सरकारलाई दिएको समर्थन कायम रहेको बताउँदै पार्टीले निर्णय गरे मात्र सरकारबाट बाहिरिने बताएका थिए ।

गृहमन्त्री जनार्दन शर्माको भनाई जस्ताको त्यस्तै :

https://youtu.be/LAjIeddyEmE