काठमाण्डौ । लामो समयको जिज्ञासा र अन्योल राजनीतिक अवस्थालाई चिर्दै अन्तत माओवादी केन्द्रले तत्काल सरकारबाट नबाहिरिने घोषणा गरेको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री जनार्दन शर्माले तत्काल सरकार छाडेर माओवादी नबाहिरिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले आफुहरुलाई निर्वाचन आयोगकै गोप्य सुत्रले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल निर्वाचनको मिति सार्ने योजना बनाएको सुचना प्राप्त भएको भन्दै आफुहरुले तत्काल सरकार छाडे ऐतिहासिक प्रक्रियानै प्रभावित हुने देखेर सरकारबाट नहट्ने निर्णय गरेको स्पष्ट पारेका छन् ।
सरकारबाट हट्ने कि नहट्ने भन्ने विषयमा मंगलबारनै दुई थरी परिदृष्यहरु नेपालको राजनीतिक रंगमञ्चमा देखिए । बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुलाई विना विभागीय भएर बस्न आग्रह गर्दै अप्रत्यक्ष रुपमा कडा धम्की समेत दिएका थिए ।
प्रधानमन्त्री देउवासँगको भेट अघि माओवादी केन्द्रका नेताहरुले समेत सरकारबाट बाहिरिने सोच तयार गरिसकेका थिए । विना विभागीय भएर बस्नुभन्दा राजनीतिक नैतिकताको हिसाबले पनि सरकारबाट बाहिरिनु उचित हुने निश्कर्षमा माओवादी अध्यक्ष प्रचण्ड समेत पुगेका थिए, तर अपरान्ह प्रधानमन्त्री देउवासँगको छलफल पछि प्रचण्ड एकाएक परिवर्तन भएर बाहिरिए ।
प्रधानमन्त्री देउवाले दिएको अप्रत्यक्ष धम्कीपूर्ण चेतावनी पछि उनमा शंका उब्जियो । माओवादीले प्रधानमन्त्रीलाई भेट्नुअघि सरकारबाट बाहिरिने विज्ञप्ति समेत तयार पारिसकेको थियो । उक्त विज्ञप्ति गृहमन्त्री शर्माले पत्रकार सम्मेलनमा समेत देखाएका थिए तर प्रधानमन्त्रीसँगको भेटपछि एकाएक प्रचण्डले सरकारबाट नबाहिरिने घोषणा गर्न पार्टी नेताहरुलाई निर्देशन दिए ।
माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाइदिने प्रधानमन्त्रीको धम्की आएलगत्तै बालुवाटारबाट बाहिरिएका प्रचण्डले यसविरुद्ध एक्सन लिने सोच बनाएरै सरकारबाट नबाहिरिने निर्णय गर्नुभएको अनुमान गर्न सकिन्छ । प्रचण्डले प्रधानमन्त्री देउवाको व्यवहारबाट आजित भएरै जे आइलागे पनि सरकार नछाड्ने र गम्भीर अडान लिने निर्णय गरिएको हुनसक्ने बताइएको छ ।
अब के होला ?
माओवादीले तत्कालका लागि सरकार नछाड्ने घोषणा गरेलगत्तै प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री तथा उर्जामन्त्रीको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीयमा लगेर थन्क्याएका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवाले यो कदम चालेपछि माओवादी केन्द्रले प्रतिक्रिया दिएको छैन ।
सम्भवतः माओवादी केन्द्र र कांग्रेसबीच यसले थप द्धन्द्ध निम्त्याउने संकेत देखिएको जानकारहरु बताउँछन् ।