कांग्रेसले विभिन्न सात जिल्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । मंगलबार बसेको कांग्रेस संसदीय समितिको बैठकले पहाडी सात जिल्लाको उम्मेद्धार टुंगो लगाएको हो ।
जस अनुसार प्रतिनिधी सभा तर्फ ताप्लेजुङबाट केशवप्रसाद दाहाल, पाँचथरमा भिष्मराज आङदम्बे, सोलुखुम्बुबाट बलबहादुर केसी, खोटाङबाट सरस्वती बजिमय, मनाङबाट टेकबहादुर गुरुङ, हुम्लाबाट मंगल शाही र जाजरकोटबाट राजिव विक्रम शाहको नाम टुंगो लगाएको हो । पहिलो चरणमा निर्वाचन हुने यी जिल्लाका प्रदेश सभाका पनि उम्मेद्धार टुंगो लगाएको छ ।




