नेपाली कांग्रेसले शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको छ । संसदीय समितिले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरु चुनाव लड्ने क्षेत्र टुंगो लगाएको हो ।

कांग्रेस स्रोतका अनुसार पार्टी सभापति देउवा डडेलधुराबाट चुनाव लड्नुहुनेछ ।यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्नुहुनेछ। यसैगरी महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो कांग्रेसले लगाएको छ ।

यसैगरी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमानसिंह चुनाव लड्नुहुनेछ । काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत र काठमाडौं ४ बाट गगन थापा चुनाव लड्ने निश्चित भएको कांग्रेस स्रोतले बताएको छ ।

काठमाडौं ५ बाट प्रकाशशरण महत, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट राजेन्द्र केसी चुनाव लड्नेछन् ।सोही समिति अहिले पनि छलफलको प्रक्रियामै छ ।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले पहिलो चरणमा शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको र अर्को चरणमा अरु नेताहरुको टुंगो लाग्ने जानकारी दिनुभयो ।

झापा क्षेत्र नं. ३ बाट निर्वाचन लड्ने इच्छा बिरुद्ध काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको नाम समानुपातिकमा हालेपछि पार्टी सभापति देउवासंग यसलाइ सच्याउन सिटौला पक्षले माग गर्दै आएको थियो ।

सिटौलालाइ प्रत्यक्ष चुनावमा आउन दबाब रहेको छ । सिटौलाले पनि समानुपातिकको नाम सच्चाएर जनताको भावाना अनुरुप निर्वाचन लड्ने बताए पनि शिर्ष नेताको क्षेत्र टुंगो लाग्दा सिटौला परेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah