नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अप्ठ्यारो पार्न पूर्व गृहमन्त्री गोविन्दराज जोशी विद्रोही उम्मेदवार बन्ने भएका छन् । तनहुँको क्षेत्र नं १ बाट उम्मेदवार बन्ने तयारी नेता पौडेलले गरेका छन्, जहाँ युवा नेता शंकर भण्डारी सर्वाधिक लोकप्रिय मानिन्छन् ।

तर भण्डारी पार्टी निर्णयलाई स्विकार गर्न तयार भएकोले उनलाई तनहुँकै क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सम्भावना बढेको छ ।

यसरी भण्डारीले पौडेललाई सजिलो बनाइदिएका भए पनि पौडेललाई जोशीले चाहिँ आफूलाई पार्टीले सो क्षेत्रबाट उम्मेदवार नबनाए विद्रोही उम्मेदवार बन्ने जानकारी सभापति शेरबहादुर देउवालाई समेत गराएका छन् ।

देउवाले जोशीलाई ‘त्यसो नगर्न’ आग्रह गर्दा जोशीले आफू त्यसै पनि सकिने भएपछि विद्रोह गरेर नै सकिने निर्णयमा पुगेको जवाफ फर्काएका छन् ।

स्मरणीय छ, ०७० सालको निर्वाचनमा पनि रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेदवार मैदानमा थिए । विद्रोही उम्मेदवार हुँदाहुँदै पनि पौडेल भारी मतले विजयी बनेका थिए । घटना र विचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah