आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य तीव्र बनाएको खबर आजको राजधानीमा छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअनुरूप जनक शिक्षा सामग्रीमार्फत समानुपातिक निर्वाचनको मतपत्र छापिरहेको छ । आयोगका प्रवक्ता नवराज ढकालले मंगलबारसम्ममा ८० लाख मतपत्र छापिसकेको जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भाग लिन समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएको छ । यसअघि ८८ वटा दलहरूले निर्वाचनमा भाग लिनेगरी आयोगमा निवेदन दिएको थियो । आयोगले प्रत्येक दललाई निर्वाचन चिह्नसमेत दिइसकेको छ ।

तर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने बेला गत २९ असोजमा ४९ वटा दलहरूले मात्रै सूची बुझाएका थिए । निर्वाचन आयोगले भने ८८ वटै दलहरूका लागि चुनाव चिह्नसहित समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाइ कार्य गरिरहेको छ ।

‘अब ३९ दलको चुनाव चिह्न मात्रै हुने भयो, उम्मेदवार नहुने भयो,’ आयोगका प्रवक्ता ढकालले भने, ‘किनभने हामीले पहिल्यै ८८ वटै दलका लागि हुने गरी मतपत्र छपाइ सुरु गरेका थियौं ।

आयोगले समानुपातिक निर्वाचनका लागि १ करोड ७४ लाख मतपत्र छाप्नेछ । ‘आगामी ८ कात्तिकसम्ममा समानुपातिक मतपत्र छपाइ कार्य सकिन्छ,’ प्रवक्ता ढकालले भने, ‘सम्भवतः त्यसको दुई दिनपछि प्रत्यक्ष निर्वाचनका लागि अर्को मतपत्र छाप्न थालिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah